January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सुचिमा पर्दा खुसी लागेको भएपनि आफ्नो लागि नेपाली क्रिकेट टोलीको तयारी बढी महत्वपूर्ण भएको बताएका छन् । नेपाली टोली नामेबियामा हुने विश्व कप क्रिकेट लिग डिभिजन टुको तयारीमा जुटिरहेको छ । केहि दिन अघि भएको आइपिएल अक्सनको सुचिमा सन्दीप पनि समेटिएका थिए […]
January 22, 2018
लण्डन (एजेन्सी) – पछिल्लो दश वर्षमा उत्कृष्ट खेलाडिले पाउने बलोन डि’ओरमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोकै दबदबा कायम छ । तर अबको केहि वर्षमा भने सो उपाधि जित्नेमा नयाँ खेलाडिको नाम आउने सम्भावना पनि उत्तिकै छ । त्यस्ता ३ खेलाडिहरुको सुची यस प्रकारको रहेको छ: ३. किलियन बाप्पे फ्रान्सका बाप्पे अहिलेको उत्कृष्ट युवा […]
January 22, 2018
भिल्लारियल (एजेन्सी) – साउदी अरबिया र ला लिगा बीचको साझेदारीले ९ साउदी खेलाडीलाई फाइदा पुर्याएको छ । स्पेनका शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले साउदीका ९ खेलाडीलाई ६ महिने लोनमा अनुबन्ध गरेका छन् । भिल्लारियल, लेगानेस र लेभान्टे लगायतका तीन ला लिगाका क्लब र स्पोर्टिंग गिजोन, नुमान्सिया, रेयो भालेकानो र रियल भालाडोलिड गरेर चार दोस्रो […]
January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा यसपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने परेका छन् ।नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर […]
January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी शुरुवात गरेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । टप्समा […]
January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मुलुक संघीय ढाँचामा जान लागेको अवस्थामा खेलकुदले पनि संघीय ढाचाको प्रयास शुरुवात गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलले यसै वर्षबाट संघीय ढाँचाको महिला तथा पुरुष भलिबलको थालनी गर्ने प्रयास गरेको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले ग्रास रुट देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको विकासको लागि […]
January 21, 2018
इटहरी (हाम्रो खेलकुद) – मदन भण्डारी इटहरी गोल्डकपको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ लाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ । मनाङको जितमा मिडफिल्डर सुजल श्रेष्ठले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका सुजलले ११ औं मिनेट र १९ औं मिनेटमा दुइ गोल पेनाल्टी मार्फत गर्दै ह्याट्रिक […]
January 21, 2018
पोखरा (हाम्रो खेलकुद) – सातौ रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । सिएमजी काठमाडौंलाई १–० ले हराउँदै आयोजक बगर भाइ खलक ए च्याम्पियन बनेको हो । विजेता टोलीले १ र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । धन गुरुङ (सन्तोष) ले मध्यान्तरपछि […]
January 21, 2018
क्वालालम्पुर (एजेन्सी) – रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको छ । तीन टोली समावेश प्रतियोगितामा तीनै टोलीले ३ अंक बटुलेपनि राम्रो गोल अन्तरको आधारमा पर्सिजाले उपाधि जितेको हो । प्रतियोगितामा रोहित चन्दको क्लब पर्सिजा, मलेसियाको शिर्ष श्रेणीको टोली केलान्तन र थाइल्याण्डको रचाबुरी गरि तीन टोलीले भाग लिएका थिए । […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको छ । घोराहीमा सम्पन्न नकआउट च्याम्पियनसिपमा आर्मीलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै पुलिसले उपाधि जितेको हो । भरत खवास, नवयुग श्रेष्ठ लगायत पहिलो रोजाइका खेलाडी विना मैदानमा उत्रिएको आर्मीको ‘बी’ टीमले पुलिसलाई निर्धारित समयमा गोलरहित रोकेपछि खेलको नतिजा टाई ब्रेकरले तय […]