default_image

ब्याडमिन्टन

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

December 28, 2024

जुनियर सिरिजमा भारत खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]

November 9, 2024

ब्याडमिन्टनको कोचिङ कोर्स सकियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]

October 22, 2024

आइएसएफ जिम्नासाइडमा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]

October 22, 2024

ब्याडमिन्टनको दुईवटा कोर्स सन्चालन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यसै महिना बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो । डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल […]

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

September 29, 2024

सुदीप र कृष्णहरिको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]

September 15, 2024

कोशी प्रदेश ब्याडमिन्टन – भोज र प्रनिसको जोडी च्याम्पियन

हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]

September 14, 2024

प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.