default_image

Racquet

June 6, 2018

सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा असारको पहिलो साता खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । ६ इभेन्ट्समा हुने प्रतियोगिता असार १ र २ गते हुने जिल्ला संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, उमन्स सिंगल, उमन्स डबल्स, यू १६ ब्वाइज र भेट्रान्स (४५) वर्ष मा […]

May 30, 2018

मेयर कप टेबल टेनिस प्रतियोगिता यसै साता

बुटवल (हाम्रो खेलकुद) – बुटवलमा पहिलो प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा शुक्रबारबाट दुई दिन प्रतियोगिता आयोजना हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । प्रतियोगितामा २ इभेन्ट (महिला/पुरूष) रहेको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ‘भेट्रान्सदेखि विद्यालय तहसम्मका विद्यार्थीले भाग लिनेछन’ उनले भने, ‘प्रतिष्पर्धामा […]

May 21, 2018

टेनिसको छनोट प्रतियोगिता गराउन माग

काठमाडौं (हाम्रो खेलकुद)– तीन महिनापछि आयोजना हुने जाकार्ता एसियाडका लागि लन टेनिसको छनोट प्रतियोगिता गर्न खेलाडीका अभिभावकले माग गरेका छन् । लन टेनिस खेलाडी प्रेरणा कोइरालाका बुवा तथा नेपाल टेनिस संघका केन्द्रिय सदस्य पुरुषोत्तम कोइरालाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसियाडका लागि खेलाडी छनोट प्रतियोगिता गर्न माग गरेका हुन् । ‘हाम्रो कुनै पनि ठुलो […]

nadal

May 21, 2018

उत्कृष्ट पुनरागमनसँगै नाडाललाई कीर्तिमानी इटालियन ओपन उपाधि

रोम (एजेन्सी) – जर्मन खेलाडी एलेक्सजान्डर भेरेभलाई फाइनलमा पराजित गर्दै राफेल नाडालले कीर्तिमानी आठौँ पटक इटालियन ओपनको उपाधि जितेका छन्।  पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट ६-१ ले पराजित नाडालले तेस्रो सेटमा ३-१ ले पछि परेको स्थितिलाई ६-१ ले उल्टाउँदै उपाधि जितेका हुन्। वर्षाले प्राविभित खेलमा जितसँगै नाडाल पुनः टेनिस वरियताको शिर्षस्थानमा पुगेका छन्। अघिल्लो […]

Badminton Shova

May 17, 2018

ब्याडमिन्टकी शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्। उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल […]

Santoo

May 17, 2018

सन्दीप, किरणलाई पछि पार्दै टेबलटेनिसका स्यान्टुलाई ‘पिपुल्स च्वाइस अवार्ड’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।  कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा […]

fball

May 14, 2018

पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको दबदबा, पारस र सन्दीपबीच पनि प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]

May 11, 2018

राष्ट्रिय च्याम्पियन नङ्शल जेशिकासँग पराजित

झापा (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नङ्शलदेवी तामाङ झापाकी जेशिका गुरुङसँग पराजित हुदै सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाएनलबाटै बाहिरिएकी छिन् । नेपाल नम्वर एक महिला खेलाडीसमेत रहेका नङ्सल जेसिकासँग १४–२१, २१–१५ र २१–१६ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । जेसिका महिला यु–१९ को पनि फाइनलमा पुग्न सफल भएकी छिन् । खेलकुद महासंघ, […]

April 27, 2018

आइएमईं जेटिआई जुनियर लन टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता जेठ ६ गतेबाट १२ गते सम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता काठमाडौंस्थित […]

Tennis Nepal

April 23, 2018

आईटीएफ एसिया यु–१२ टेनिस छनोटमा नेपालको मिश्रित प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मिश्रित प्रदर्शन गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगितामा ब्वाइजमा जित हात पारेको नेपाल गर्ल्समा भने पराजित भयो । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित गर्यो । सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी […]

Success

Thank you for your time.