default_image

Racquet

August 10, 2018

अरहान्त र अमृत उपाधिका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह र अमृत थापा मगर तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्सको उपाधिका लागि खेल्ने भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले राजेन्द्र शाक्यलाई तथा अमृतले प्रविण कंसकारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । मास्टर्स ५० […]

August 8, 2018

भावना र कृष्णा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको महिला एकलतर्फको खेलमा भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धामा स्वास्थानी […]

August 8, 2018

विशेष प्रशिक्षणका लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली प्रशिक्षणका लागि मलेसिया प्रस्थान गरेको छ । नेपाली खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षणसँगै मलेसियाको लन टेनिस एसियाड टोलीस अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । एसियाडमा पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलातर्फ जुम्लयाहा […]

August 7, 2018

अरहान्त र रत्न दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन अरहान्त केशर सिंह र रत्नकाजी शाक्य तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसपको दोस्रो चरणमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार भएको पुरुष खुल्ला एकलतर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त केशर सिंहले सुर्जनराज श्रेष्ठलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । पुरुष खुल्ला एकलतर्फ रत्नकाजी […]

August 7, 2018

जुनियर ब्याडमिन्टन टोली भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)- इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ । अगष्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्ने छन् । मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् । १६ […]

July 28, 2018

अन्नपूर्ण ब्याडमिन्टनमा दिपेश र साजाद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी पुरुष एकलतर्फ र पाकिस्तानकी साजाद माहुर महिला एकलतर्फ अन्नपुर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा शनिबार भएको खेलमा पुरुष एकलतर्फको फाइनलमा एपिएफका दिपेशले सिल्कका प्रिन्स दाहाललाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे । बंगलादेशका मोहम्मद सलमान […]

Table Tennis

July 22, 2018

एसियाडका लागि टेबलटेनिस टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ । तस्बिर – विवेक सुवेदी/ हाम्रो खेलकुद पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन् । पुरुष खेलाडी संख्या […]

July 11, 2018

सिद्धिकी ब्याडमिन्टन अम्पायर कोर्षमा भाग लिदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ । बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो […]

July 4, 2018

टेबल टेनिस च्याम्पियन नविता विजेश्वरीकी ‘ब्रान्ड एम्बासडर’

काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ विजेश्वरी मावि बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरी र स्कुलको टेबुलटेनिसको प्रवद्र्धनका लागि एक वर्षको सम्झौतामा नवीता र स्कुलकी प्रिन्सिपल विन्दु तुलाधरले हस्ताक्षर गरेका छन् । विजेश्वरीले नवितालाई एक वर्षका लागि १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रिन्सिपल […]

June 18, 2018

गौतम विश्व भेट्रान्स टेबल टेनिसका लागि अमेरिका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको लासभेसामा आयोजना हुने विश्व भेट्रान्स टेबलटेनि प्रतियोगितामा नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक शंकर गौतमले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । सोमबारबाट सुरु हुने प्रतियोगितामा भाग लिन अखिल नेपाल टेबुल टेनिस संघका महासचिव समेत रहेका गौतम त्यसतर्फ प्रस्थान गरिसकेका छन् । असार १० गते सम्म चल्ने प्रतियोगितामा ५ हजार भन्दा बढी […]

Success

Thank you for your time.