default_image

Racquet

September 2, 2022

टेबल टेनिस सुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय […]

September 2, 2022

नवौंका लागि बागमती प्रदेशबाट टेबल टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]

August 31, 2022

टेबल टेनिस छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]

August 28, 2022

महरा निर्णायकमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् । सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा […]

August 28, 2022

तुलसी र रिताको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन् । आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी […]

August 23, 2022

वियंका र आशिष यू १६ टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् । महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी […]

August 22, 2022

टेनिस खेलाडी सलोनी अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]

August 22, 2022

केकेएम/एनआरटी खुला टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् । भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार […]

August 18, 2022

भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । १२ लाखको लागत रहेको […]

August 18, 2022

ब्याडमिन्टन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा […]

Success

Thank you for your time.