default_image

Racquet

July 27, 2022

सिर्जना र संगिता प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नखिपोटकी सिर्जना म्याम्बो र भोजपुरकी संगिता तामाङ प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा बुधबारदेखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शीर्ष २० बाहेकका महिला एकलतर्फ म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१–१६ र २१–१० ले तथा संगिताले […]

July 13, 2022

केबिएलाई प्रेसिडेन्सियल बिजनेस स्कुलको साथ

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन खेलाडी उत्पादनको मुख्य उद्देश्य राखेर स्थापना भएको काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले मुख्य प्रायोजकका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल पाएको छ । केबिएलाई प्रेसिडेन्सियलले वार्षिक १५ लाख रुपैयाँ बराबरको प्रायोजनको बुधबार सम्झौता गरेको छ । प्रेसिडेन्सियलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र केबिएकी अध्यक्ष रिता विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गरु […]

July 13, 2022

ब्याडमिन्टनकर्मीलाई केबीएको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरु पूर्णिमाको अवसरमा बुधबार ब्याडमिन्टनकर्मीहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलाडी उत्पादनमा आफ्नो समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रणवकुमार तालुकदर, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान गरेको छ । सोही अवसरमा ब्याडमिन्ट विकासमा महत्वपूर्ण योगदान गरेका स्वर्गिय ज्ञानबहादुर खड्का, […]

July 12, 2022

जोकोभिचको स्वदेशमा भव्य स्वागत

एजेन्सी – विम्बल्डन विजेता नोभाक जोकोभिचलाई स्वदेशमा भव्य स्वात गरिएको छ । विवादास्पद खेलमा अष्ट्रेलियन निक किर्गीओसलाई चार सेटसम्म चलेको फाइनलमा पराजित गर्दै आइतबार जोकोभिचले लगातार चौथो पटक विम्बल्डन टेनिसको उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको २१ औं ग्रान्डस्लाम उपाधि हो । विम्बल्डन च्याम्पियन बनेर फर्केपछि उनलाई हजारौं समर्थकले बेलग्रेडको सिटी हलमा स्वागत […]

July 10, 2022

जोकोभिच विम्बल्डन च्याम्पियन

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]

July 9, 2022

रेवाकिना विम्बल्डन च्याम्पियन

एजेन्सी – काजकस्तानकी एलेना रेवाकिना विम्बल्डन टेनिसको च्याम्पियन बनेकी छिन् । उनी महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । लन्डनस्थित सेन्टर कोर्टमा शनिबार भएको फाइनलमा ट्युनिसियाकी तेस्रो वरीयताकी आन्स जवेउरमाथि २–१ को सेटमा जित निकाल्दै एलेना काजकस्तानबाट ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेकी हुन्। रसियामा जन्मिएकी २३ वर्षीय उनको करिअरको पहिलो ग्रान्डस्लाम उपाधि हो । कुनैपनि ग्रान्डस्लाम […]

July 9, 2022

राजीव र मनीतालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा राजीव र महिलामा मनीता पहिलो भएका हुन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोश्रो तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य […]

July 9, 2022

जोकोभिच विम्बल्डनको फाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले घरेलु खेलाडी क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् । सेन्टर कोर्टमा शुक्रबार राति भएको सेमिफाइनलको शुरुवाती सेट २–६ ले गुमाएको ६ पटकको विम्बल्डन च्याम्पियन जोकोभिचले त्यसपछि तीन सेट ६–३, ६–२ र ६–४ ले […]

July 8, 2022

नाडालद्धारा विम्बल्डनबाट नाम फिर्ता

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफयल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएका छन् । पेटको चोटको कारण उनले आफ्नो नाम फिर्ता लिएका हुन् । बिहीबारको परिक्षणपछि उनको पेटको मांसपेशीको एक भाग ७ एमएम च्यातिएको बताइएको छ । विम्बल्डनको सुरुवातदेखि नै पेटको समस्यासँग जुधेका नाडालले क्वाटरफाइनलमा टेलर फ्रिट्जसँगको खेलपछि झन बढी दुखाईको […]

July 7, 2022

संघर्षपूर्ण जित निकाल्दै नाडाल सेमिफाइनलमा

एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो […]

Success

Thank you for your time.