default_image

दक्षिण एसियाली खेलकुद (साग)

August 26, 2020

सागमा सहभागी बक्सिङ टोलीको कोरोना बीमा

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीसहित १८ जनाको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले आफ्नो खर्चमा सागमा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको जनही १ लाख रुपैयाँ कोरोना बीमा गरिदिएका हुन् । मंसिर […]

August 15, 2020

उप महासचिव श्रेष्ठको राजीनामा ब्याडमिन्टन संघबाट स्वीकृत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघले आफ्ना उप महासचिव लवभक्त श्रेष्ठले बुझाएको राजीनामा स्वीकृति गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दौरान र ब्याडमिन्टनका अन्य प्रतियोगिता आर्थिक अनियमिततामा आफ्नो नाम मुछिएपछि श्रेष्ठले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । यद्दपी उनले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए । संघको शनिबार बसेको […]

August 14, 2020

अनियमितताको छानविन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

काठमाडौ (हाम्रो खेलकुद)– गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनका सामाग्री खरिद र व्यवस्थापनका विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ । सागका लागि नेपाली टोलीको सामाग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमो […]

August 12, 2020

डोपिङमा परेपछि १३ औं सागका तीन जनाको पदक खोसियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा २०१९ डिसेम्बरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग गरेको भेटिएको अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् । ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका महबुब […]

August 7, 2020

सिलवाललाई पहिले अवसर, अहिले चुनौति

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]

July 31, 2020

सागका स्वर्ण पदक विजेतालाई कांग्रेसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी कार्यलय सानेपामा कार्यक्रमको आयोजना गर्दै कांग्रेस खेलकुद विभागले सागमा स्वर्ण जित्न सफल ८० खेलाडीलाई नगदसहित सम्मानित गरेको हो । सागमा चार स्वर्ण जित्ने जलपरी गौरिकाले सर्वाधिक २५ […]

July 27, 2020

सावित्रा, रेश्मासहित दर्जन बढी खेलाडी म्युजिक भिडियोमा

काठमाडौं (हाम्रो खेलकुद)— सधै मैदानमा सक्रिय रहने विभिन्न खेलका दर्जन बढी स्टारहरु राष्ट्रिय गितको म्युजिक भिडियोमा देखिने भएका छन् । रामकृष्ण ढकाल र मेलिना राईले आवाजमा रहेको राष्ट्रिय गितको म्युजिक भिडयोमा महिला राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, भलिबल टोलीकी रेश्मा भण्डारीसहित नेपाल एपिएफ क्लबका विभिन्न खेलका खेलाडीले अभिनय गरेका छन् । म्युजिक भिडियोको शुटिङ सोमबार […]

July 27, 2020

सागका स्वर्ण विजेतालाई कांग्रेसले यसै साता सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई यसै साता सम्मान गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सागका स्वर्ण पदक विजेतालाई शुक्रबार सम्मान गर्न लागिएको विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिएका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं […]

July 25, 2020

अनुलाई कांग्रेसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारीलाई नेपाली कांग्रेसको खेलकुद विभागले सम्मान गरेको छ । खेलकुद विभागले नुवाकोटको नेपाली कांग्रेस पन्चकन्या गाँउपालिका वडा नं ४ मार्फत अनुलाई सम्मान गरेको हो । अनु पन्चकन्याकी स्थायी बासिन्दा हुन् । कांग्रेस खेलकुद विभागका सदस्य राजु कडेलले शनिबार काठमाडौंमा अनुलाई सम्मान […]

July 22, 2020

सागका स्वर्ण विजेता गोपीचन्द्रसहित २१ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीसहित २१ शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी बढुवा भएका छन् । नियमित प्रक्रिया अनुसार सबै २१ जना खेलाडी शसस्त्र जवानबाट सहायक हवलदारमा बढुवा भएको एपिएफका इन्स्पेक्टर विजय केसीले जानकारी दिए । गोपीचन्द्रसहित सागमा कास्य पदक जित्ने फेन्सिङका ज्ञानेन्द्र तिमिल्सना र […]

Success

Thank you for your time.