default_image

भलिबल

October 11, 2023

बलियो अफगानिस्तानको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा बलियो अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको बुधबार दिउँसो नेपाली समानुसार १ः४५ बजे सुरु हुनेछ । नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको छ । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा […]

October 10, 2023

च्यालेन्ज कप भलिबल – श्रीलंकासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आयोजक श्रीलंकासँग मंगलबार भएको खेल नेपालले ३–० सेटले गुमाएको छ । श्रीलंकाले नेपाललाई २६–२४,२५–१८ र २५–१६ ले हराएको थियो । पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको नेपालले श्रीलंकालाई पहिलो सेटमा बाहेक खासै चुनौती दिन सकेन । […]

October 10, 2023

पोर्चुगलमा युरोपस्तरीय खुल्ला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली राष्ट्र पोर्चुगलमा युरोपस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता ‘दशै कप’ यसै साता आयोजना हुने भएको छ । भिजन स्पोर्ट्स क्लब पोर्चुगलले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता १५ अक्टोवर अर्थात आउदो आइतबार हुने आयोजकले जानकारी गराएको छ । एक दिने प्रतियोगिता पोर्चुगलस्थित अलभलादे खेल मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि […]

October 10, 2023

च्यालेन्ज कप भलिबल – नेपाल र श्रीलंका   खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा मंगलबार नेपालले आयोजक टोलीको‌ सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपाल र श्रीलंका दुबै टोलीले पहिलो खेलमा जित हासिल गरेको थियो। नेपालले बंगलादेशलाई ३-१ ले र श्रीलंकाले साउदी अरेबियालाई ३-० ले हराएको थियो।पहिलो दिनको अर्को खेलमा अफगानिस्तानले उज्वेकिस्तानलाई‌ ३-२ […]

October 9, 2023

च्यालेन्ज कप भलिबल –जितका साथ नेपालको यात्रा सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले जितबबाट काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ को सुरुवात गरेको छ । श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ । हिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले […]

October 9, 2023

गण्डकीका रवि वीरजङ स्मृति भलिबलमा सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेश भलिबल संघका ओपन स्पाइकर रवि केसी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । गण्डकीलाई अपरााजित राख्दै च्याम्पियन बनाउन रविले सबै पाँच सानदार प्रदर्शन गरेका थिए । उनले मायाको चिनोसँगै नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । गण्डकीकै सरोज वर्देवा प्रतियोगिताको […]

October 9, 2023

पुलिसलाई हराउँदै गण्डकी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश भलिबल संघ वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो […]

October 9, 2023

च्यालेन्ज कप भलिबल – नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ सोमबार सुरु हुँदैछ । नेपाली राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग खेल्दै च्यालेन्ज कपको यात्रा सुरू गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ६:३० बजे सुरु हुनेछ ।नेपाली टोली आइतबार श्रीलंका पुगेको थियो । ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गते सम्म हुने छ । राउन्ड […]

October 8, 2023

पुलिस वीरजङ स्मृति भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तीन भारतीय खेलाडी सम्मिलित धौलागिरी रेष्टुरेन्ट ओसाका जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको दोस्रो सेमिफाइनलको पहिलो सेटमा […]

October 8, 2023

एपिएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघ काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिको तीनै […]

Success

Thank you for your time.