default_image

4 years ago

January 8, 2022

करणले पुलिसबाट खेल्ने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर करण केसीले सोमबार देखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता नेपाल पुलिसबाट खेल्ने भएका छन् । यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका कारणले यस पटक पुलिसबाट खेल्ने भएका हुन् ।

पुलिसले करणलाई समेट्दै १४ सदस्य टोली घोषणा गरेको छ । राष्ट्रिय खेलाडीको बाहुल्यता भएको पुलिसले बलियो टोली घोषणा गरेको छ । पुलिसको घोषणा टोली मध्य १० खेलाडी राष्ट्रिय टोलीबाट खेलेका छन् । शंकर राना, अमित श्रेठ, सागर ढकाल र योगेन्द्रसिंह कार्की बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका छन् ।

यसअघि एपिएफबाट खेल्दै आएका शंकरले अब पुलिसबाट खेल्नेछन् । करणलाई पुलिसले कन्ट्रयाक्टमा लिएको हो । यसअघि करण २०७६ यता आर्मीबाट खेलेका थिए । त्यसअघि करणले एपिएफबाट खेलेका थिए ।

दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, गुलशन झा जस्ता वर्तमान सिनियर टोलीका खेलाडी पुलिसले बलियो टोली घोषणा गरेको छ । पुलिसको कप्तानी भने मञ्जित श्रेष्ठले नै गर्नेछन् । पुलिस कागजी रुपमा उपाधिको बलियो दाबेदार देखिएको छ ।

प्रधानमन्त्री कप पुष २६ देखि ५ गते सम्म काठमाडौं र मुलपानीमा हुनेछ । पुलिस समूह ए मा छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर १ छन् । पुलिसले पुष २६ मा मुलपानी सुदूरपश्चिम प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ । समूह बी मा एपिएफ, बागमती, लुम्बिनी, प्रदेश २ र गण्डकी छन् ।

पुलिसको टोली :

आरिफ शेख, पवन सरार्फ, सागर ढकाल, करण केसी, गुलशन झा, अनिल शाह, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, शंकर राना, राशिद खान, दीलिप नाथ, मञ्जित श्रेष्ठ र अमित श्रेष्ठ ।

प्रशिक्षक – मनोज कटुवाल

व्यवस्थापक – चित्र विष्ट

पुलिसको खेल तालिका

पुष २६ ( १० जनवरी) – सुदूरपश्चिमसँग, मुलपानी क्रिकेट मैदान (विहान)

पुष २७ ( ११जनवरी) – आर्मीसँग, टियु मैदान (विहान)

पुष ३० (१४ जनवरी) – कर्णालीसँग, टियु (विहान)

माघ १ (१५ जनवरी) – प्रदेश १ सँग, टियु (विहान)

यो पनि पढ्नुहोस् :

दुई नयाँ अनुहार समेट्दै एपिएफको टोली घोषणा

तीन नयाँ अनुहार समेट्दै पिएमकप खेल्ने कर्णालीको टोली घोषणा

प्रधानमन्त्री टि२० राष्ट्रिय प्रतियोगितामा आर्मी र पुलिस एकै समूहमा

अनिल गुरुङको गण्डकीको टोलीमा पूनरागमन

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.