4 years ago
February 10, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने नेपालको कप्तानी गर्ने १० औं कप्तान बन्दै छन् । शुक्रबार चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत घरेलु टोली ओमानविरुद्ध टसका लागि मैदान उत्रदा सन्दीप नेपालका १० औं कप्तान बन्नेछन् ।

२०१६ को यू–१९ विश्वकपबाट उदाएका सन्दीप नेपाली क्रिकेट टोली, इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग लगायत विश्व चर्तित विदेशी टि२० फ्रेन्चाइज लिग हुँदै ६ वर्षमा नेपाली टोलीको नेतृत्व गर्दैछन् । क्यानले गत मंसिर २९ मा अनुशासनको कारण ज्ञानेन्द्र मल्ललाई क्यानले कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो ।
सन्दीप परम्परा जस्तो उपकप्तान हुँदै कप्तान बनेका होईनन् । २१ वर्षिय सन्दीप टि२० आईमा नेपालबाट कप्तानी गर्ने तेस्रो खेलाडी बन्नेछन् । सन्दीपले नेपालको यू१९, घरेलु क्रिकेट र टि२० फे्रन्चाइज लिगमा कप्तानी गरेको अनुभव छ । आक्रामक शैलीका कप्तान सन्दीपलाई पहिलो प्रयासमै नेपाललाई विश्वकपमा पुर्याउँने अवसर छ ।
सन्दीप अघि क्रमशः नेपाली टोलीको कप्तानी उत्तम कर्माचार्य (१९९६), लेखबहादुर (एलबी) क्षेत्री (१९९८), पवनकुमार अग्रवाल (२०००), स्वर्गीय गणेश शाही (२००१), राजु खड्का (२००२–२००४), परेश लोहनी (२००४), विनोद दास (२००५–२००९) पारस खड्का (२००९–२०१९) र ज्ञानेन्द्र मल्ल (२०१९–२०२१) ले गरेका थिए ।

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । पारसको कप्तानीमा नेपालले डिभिजन फाइभ देखि थ्री, २०१४ मा टि२० विश्वकप र ओडिआई मान्यता जस्ता महत्वपूर्ण उपलब्धी दिलाएका थिए । पारस नेपाल मात्र नभएर एसोसिएट क्रिकेटकै एक सफल कप्तान र खेलाडी मानिन्छन् । पारसले २०१९ मा अप्रत्याशित रुपमा राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्व सम्हाल्लेका थिए । ज्ञानेन्द्रको कप्तानीमा नेपालले गत वैशाखमा टि २० आई त्रिकोणात्मक सिरिज जितेको थियो ।
स्पिन बलरको रुपमा कप्तानी गर्ने नेपालको दोस्रो खेलाडी हुने छन् । स्पिन अलराउन्डर एलबीले १९९८ मा नेपालको कप्तानी गरेका थिए । टि२० आईमा पारस र ज्ञानेन्द्रले मात्र कप्तानी गरेका छन् । सन्दीप टि२० आईको नेतृत्व गर्ने तेस्रो खेलाडी बन्नेछन् । सन्दीप २०१६ को यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिक र प्रतियोगितामा ६ खेलमा १४ विकेटका साथ दोस्रो स्थानमा रहँदै चर्चामा आएका थिए ।

त्यसै वर्ष अप्रिलमा घरेलु मैदान टियुमा सन्दीपले नामिबियाविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए । नेपाललाई पहिलो पटक २०१८ मा ओडिआई मान्यता दिलाउन सन्दीपको योगदान निकै महत्वपूर्ण थियो । सन्दीपले २०१८ मे मा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध डेब्यू टि२० आईमा डेब्यू गरेका थिए ।
त्यसै वर्ष अगष्टमा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेका थिए । सन्दीप नेपालका प्रमुख हतियार हुन् । नेपालको जितका सन्दीपको प्रदर्शन र योगदान महत्वपूर्ण हुँदै आएको थियो ।
यस्तो छ सन्दीपसँग कप्तानी अनुभव
सन्दीपले २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपालको नेतृत्व गरेका थिए । उनको कप्तानीमा नेपाल श्रीलंकासँग १ रन, भारतसँग ६ विकेटले पराजित हुँदा मलेसियालाई १ विकेटले हराएको थियो । २०१७ मा सन्दीपलाई हटाएर नेपालले दीपेन्द्रलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको थियो ।

दीपेन्द्रको कप्तानीमा नेपाली यू–१९ टोलीले २०१७ मा भारतीय यू–१९ टोलीलाई १९ रनले हराउँदै सनसनी मच्चाएको थियो । २०१९ मा पारसले छाडेपछि दीपेन्द्र नेपालको उपकप्तान बने । तर अनुशासनको कारण क्यानले ज्ञानेन्द्रसँगै दीपेन्द्रलाई हटाएको थियो । अन्यथा सन्दीप भन्दा अघि दीपेन्द्रले नेतृत्व गर्ने उच्च सम्भावना र पहिला दाबेदार थिए ।
सन्दीपले २०१८ मा पोखरा प्रिमिपर लिग (पिपिएल) मा विराटनगर टाइटन्सको कप्तानी गरे । सन्दीपले फ्रेन्चाइज लिगमा गरेको पहिलो कप्तानी थियो । विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । त्यसपछि सन्दीपले गत वर्ष काठमाडौं मेयर्स कपमा काठमाडौं मेयर्स–११ को कप्तानी सम्हाल्लेका थिए ।

उनको कप्तानीमा काठमाडौं ११ ले ४ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा रहेर बाहिरिएको थियो । गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनको नेतृत्व गरेका थिए । काठमाडौं लिगमा ५ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर प्लेअफ खेलेको थियो । एलिमिनेटरमा काठमाडौं भैरहवा ग्ल्याडियटर्ससँग १६ रनले पराजित हुँदै बाहिरिएको थियो ।
सन्दीप आक्रामक शैलीका कप्तान हुन् । टि२० शैलीमा आक्रामक शैलीको कप्तान आवश्यक पर्छ । नेपाल र विदेशी उच्च स्तरका फ्रेन्चाइज लिगबाट राम्रो अनुभव बटुलेका सन्दीप पहिलो प्रयासमै विश्वकप खेलाउन चाहन्छन् । नेपाल पनि सन्दीपबाट त्यस्तै नतिजा अपेक्षा गरेको छ । चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले पहिलो खेल शुक्रबार ओमानसँग खेल्नेछ ।

जुन खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा सुरुहुनेछ । शनिबार युएई र सोमबार आयल्यान्डसँग खेल्नेछ । यी तीन खेलपछि नेपालको विश्वकप छनोट तयारी पूरा हुनेछ ।
विश्वकप छनोटमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान समूह बी मा छन् । आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर १६ देखि अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमान, १९ फेब्रुअरीमा फिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्नेछ ।
यो पनि : युवा खेलाडीमा निर्भर विश्वकप भविष्य
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]