4 years ago
February 13, 2022
एजेन्सी – भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर दीपक चाहर र लेगस्पिनर राहुल चाहर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनले एकै रातमा ३१ करोडको मालिक बनेका छन् । एकै परिवारका राहुल र दीपक नाताले काकाको छोरा हुन् ।

भारतीय टोलीबाट खेलि सकेका चाहर दाजुभाइले अक्सनमा मोटो रकम पाएका हुन् । चेन्नई सुपर किंग्सले चाहरलाई टोलीमा राख्न १४ करोड भारु (२२ करोड ४२ लाख नेपाली रुपैयाँ) अक्सनमा खर्चियो । भाइ राहुल चाहरलाई पन्जाब किंग्सले ५ कराड २५ लाख भारु झन्डै ८ करोड ४० लाख नेपाली रुपैयाँमा भित्र्याएको हो ।
दाइ दीपकको १४ करोड र भाइ राहुलको ५ करोड २५ लाख गरि कुल १९ करोड २५ लाख भारु पाएका छन् । जुन नेपाली रुपैयाँमा करिब ३१ करोड (३० करोड ८१ लाख ४८ हजार) हुन पुग्छ । चाहरलाई चेन्नईले यसै सिजनको लागि फुकुवा गरेको थियो । उनको मूल्य यसअघि ८० लाख मात्र थियो । तर अक्सनमा न्युनतम मूल्य २ करोड राखेका उनले १४ करोड पाएका हुन् ।

अक्सनमा १४ करोड भारु पाउने उनी पहिलो भारतीय खेलाडी पनि हुन् । चेन्नईलाई २०२१ को उपाधि दिलाउन दीपक चाहरले महत्वपूर्ण प्रदर्शन गरेका थिए । भारतीय ओडिआई टोलीमा तीव्र गतिसँगै तल्लोक्रममा पछिल्लो समय राम्रो ब्याटिङ गरेपछि पैसाको वर्षा भएको हो । उनले गत जुलाईमा श्रीलंकाविरुद्ध ६९ रनको अविजित इनिङ खेल्दै भारतलाई कठिन अवस्थाबाट जित दिलाएका थिए ।
अघिल्लो महिना दक्षिण अफ्रिकासँग ओडिआई खेलमा ५४ र यसै साता वेस्टइन्डिजसँग ३८ रन जोडेका थिए । तीव्र गति र ब्याटिङको विकल्प भएपछि महँगो मूल्यमा विकेका हुन् । यता राहुललाई मुम्बई इन्डियन्सले फुकुवा गरेको थियो । मुम्बईमा राहुललाई २०१८ को अक्सनमा १ करोड ९० लाख भारुमा भित्र्याएको थियो ।

२०२० को उपाधि मुम्बईलाई दिलाउन राहुलले उत्कृष्ट प्रदर्शन गरेका थिए । गत अक्टोवरमा भारतीय टि२० विश्वकपको टोलीमा थिए । राहुल टि२० विश्वकप टोलीमा हुँदा चाहर वैकल्पिक खेलाडीको सूचिमा थिए । भारतका लागि पहिलो खेल राहुलले २०१९ मा वेस्टइन्डिजविरुद्ध तेस्रो टि२० आईमा दीपकसँगै खेलेका थिए ।
राहुलले भारतबाट १ ओडिआई र ६ टि२० आई खेल खेलेका छन् । दीपकले ७ ओडिआई र १७ टि२० आई खेल खेलेका छन् । गत जुलाईमा राहुललाई श्रीलंकाविरुद्ध ओडिआई डेब्यू क्याप दीपकलेनै दिएका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]