default_image

4 years ago

February 15, 2022

आसिफले देखाएको खेल भावनाको चौतर्फी प्रशंसा

470 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – क्रिकेट एक भद्रभलाद्मी अर्थात जेन्टलम्यानको खेल भनिन्छ । क्रिकेट मैदानमा जित र हारले भन्दा कहिले काहिँ खेलाडी र टिमले देखाउने खेल भावनाले धेरैको मन जित्ने र प्रशंसा पाउने गर्दछ । सोमबार नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर आसिफ शेखले धेरैको मन जित्ने खेल भावना देखाए ।

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भयो । तर आसिफले सहजै रन आउट गर्न सक्ने अवस्थामा नगरि एक उत्कृष्ट खेल भावना देखाएपछि नेपालमात्र होईन अन्तर्राष्ट्रिय जगतमा त्यसको प्रशंसा र चर्चा भइरहेको छ । खेलका क्रममा आइरिस कमेन्टेटर एन्ड्रयु लेनर्डले उक्त क्षणको खुलेर प्रशंसा गरेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय मिडिया र सामाजिक संजालमा पनि विश्वभरबाट यसको प्रशंसा भइरहेको छ ।

सोमबार अल अमरेत क्रिकेट मैदानमा टेस्ट टोली आयरल्यान्डमाथि नेपाल बलिङमा निकै हाबी बन्यो । १८ ओभरमा आयरल्यान्ड ११३-८ को अवस्थामा थियो । तीव्र गतिका बलर कमलसिंह ऐरी १९ औं ओभरमा बलिङमा आए । कमलले गरेको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी भने कमलसँग अल्झिएर लड्न पुगे ।

कमल मिडविकेटमा गएको बल लिनेक्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुन: उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । तर आसिफले त्यहाँ रन आउट भने गरेनन् ।

कमलले बल लिन जाँदा रनरको कुद्ने क्षेत्रमा जुध्न पुगेका थिए । हुन त त्यसको फाइदा उठाउँदै नेपालले सहज रन आउट गराउन सक्थ्यो । म्याकर्बीले पनि आशा मारेका थिए र निराश हुँदै रनको गति घटाएका थिए । आसिफले स्टम्प नजिकै बल लगे तर रन आउट भने गरेनन् । त्यसपछि म्याकबर्नी सुस्त त्यहाँ पुगे । आसिफले हाँस्दै केहि भने पनि ।

आसिफले खेलमा एउटा ठूलो खेल भावना देखाए । जुन उनको र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको एउटा राम्रो संस्कार थियो । नेपालमात्र नभएर अन्तर्राष्ट्रिय मिडिया र समर्थकले आसिफको उक्त खेल भावना खुलेर प्रशंसा गरेका छन् । अर्को बलमा म्याकबर्नीले लङअनमा सानदार छक्का प्रहार गरे ।

‘त्यो कस्तो भयो भने ब्याटर आफ्नो लाइनमा कुदिरहेको थियो । बलर क्रस गरेर बाहिर गयो । त्यो ब्याटरको गल्ती पनि थिएन । उ आफ्नो लाइनमा दौडिएको थियो । बलरले गर्दा ठोकियो । त्यसले गर्दा हामीले आउट गरेनौं’, आसिफले खेलपछि भने, ‘किनभने ब्याटर सिधा आफ्नो लाइनमा जहाँ कुद्नु पर्ने थियो त्यहाँ कुदेको थियो । उ लाइनमै थियो । कसैले जानेर गरेको होईन । बलर त्यतिकै गएर ठोकियो । त्यहि भएर रन आउट नगरेको हो ।’

मैदानमा केहि सेकेन्डमा यति ठूलो निर्णय लिन सहज भने हुँदैन । आसिफले अन्य सहकर्मीबाट पनि सोही गर्न भनेपछि एक्कासी निर्णय लिएको बताए । ‘मैले उसलाई क्लियर देखेको थिए । साइडबाट पनि नगर-नगर भन्ने आवाज सुनें । ब्याटर कुदेको र बलरले गएर ठोकिएको देखेको थिएँ’, आसिफले भने ।

पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको नेपाल खराब ब्याटिङको कारण आयरल्यान्डसँग पराजित भयो । खेलमा पराजित भएपनि मैदानमा देखाएको खेल भावनाले भने धेरैको मन जित्यो । विश्वका महान् क्रिकेट खेलाडीमा खेल भावना बढी देखिने गर्दछ । खेल भावना न्युजिल्यान्डका केन विलियम्सन र भारतीय विकेकिपर महेन्द्रसिंह धोनी त्यसको उदाहरण हुन् । न्युजिल्यान्डको खेल भावनामा आफ्नो संस्कार भिन्दै छ ।

आसिफले एउटा राम्रो विकेटकिपरमा देखिन पर्ने गुण देखाएका छन् । जुन संस्कार नेपाली क्रिकेटमा बिलरलै देखिने गर्दछ । आसिफ र नेपाली क्रिकेटको यस कुराले आगमी दिनमा युवा खेलाडीले झन् धेरै कुराहरु सिक्न पाउनेछन् ।

खेलपछि आसिफसँगको अन्तर्वार्ता :

आसिफको जीवनी : शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

नेपालले आयरल्यान्डसँग हार्नुको पाँच मुख्य कारण

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.