default_image

2 years ago

February 18, 2022

टि२० विश्वकप छनोट : नेपालले टस हार्यो

232 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको पहिलो खेलमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा १ मा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

शरद आजको खेलमा अन्तिम १४ खेलाडीका लिष्टमा छैनन् । सम्भव त उनी चोटको कारण नभएको हुनुपर्छ । शरदको ठाउँमा नेपालले अन्तिम १४ को बेन्चमा प्रदीप ऐरीलाई राखेको छ । त्यस्तै गुलशन झाको स्थानमा नेपालले कुशल मल्ललाई बेन्चमा राखेको छ । गुलशन क्वारेनटाइन पूरा नभएको हुँदा अन्तिम १४ मा नभएका हुन् । कुशल र प्रदीप नेपालको वैकल्पिक खेलाडीको सूचिमा थिए ।

नेपालले आजको खेलमा प्रदीप ऐरी, कुशल मल्ल र स्पिनर सागर ढकाललाई बेन्चमा राखेको छ । वैकल्पिक फिल्डिरको रुपमा यी तीन खेलाडी प्रयोग गर्न सक्ने छ । अर्थात शरद र गुलशन नेपालको बेन्चमा पनि छैनन् ।कुशल र प्रदीप यसअघि नेपालले घोषणा गरेको अन्तिम १४ सदस्य टोलीमा थिएनन् ।

नेपालले टोलीमा पाँच ब्याटर, ४ बलर र दुई अलराउन्डर खेलाएको छ । स्पिनरमा नेपालले सन्दीप लामिछानेलाई मात्र प्रमुख बलरको रुपमा खेलाएको छ । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा नेपालका तीन प्रमुख तीव्र गतिका बलर हुन् । आरिफ शेख पार्टटाइम बलरको रुपमा चौथो विकल्प हुनेछन् ।

नेपाल र ओमान दुबै टोली जितका साथ सानदार सुरुवात गर्न चाहन्छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

चार देशबीच टि२० आई सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । उक्त खेलमा १ सय ३६ रनको विजयी लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १९.३ ओभरमा पूरा गरेको थियो । उक्त प्रदर्शनले नेपालको मनोबल झनै उत्कृष्ट छ । यस खेलले सेमिफाइनल निर्धारण गर्न सक्छ । त्यसैले दुबै टोली जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छन् । ओमानका कप्तान जिशान मकसुद घरेलु मैदान र वातावरणको भरपूर्ण फाइदा उठाउँदै यसअघिको हारको बदला लिन चाहन्छन् ।

नेपाली कप्तन सन्दीप लामिछानेले युवा जोश र जागँरका साथ उत्कृष्ट क्रिकेटका साथ सुरुवात गर्ने सोचमा छन् । दुबै खेलाडी टोलीका प्रमुख हतियार हुन् । सन्दीप, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । ओमानका जतिन्दरसिंह, मकसुद, बिलाल खान र आमिर कलिम प्रमुख हतियार हुन् । 

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

हेड टु हेड :

नेपाल र ओमानबीच हालसम्म दुई मात्र टि२० आई खेल भएको छ । २०१९ मा भएको पेन्टागुलर सिरिजमा घरेलु मैदानमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो । नेपाल ६४ रनमा अल आउट हुँदा ओमानले ४ विकेटको क्षतिमा पूरा गरेको थियो । यस सिरिजमा नेपाल विजयी भएको थियो ।

नेपालमा खेलको प्रदर्शन हिमायल टिभीबाट हेर्न सकिनेछ । फ्यान कोड र आइसिसी टिभीबाट पनि हेर्न सकिने छ ।

अपडेट : ओमानविरुद्ध नेपालको टोलीमा शरद र गुलशन अन्तिम १४ बाहिर

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.