default_image

2 years ago

February 18, 2022

नेपालको खराब सुरुवात, दुबै ओपनर आउट

48 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खराब सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालले तेस्रो ओभरमै दुबै ओपनरलाई सस्तैमा गुमाएपछि खराब सुरुवात गरेको हो । नेपालका ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित छन् ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो ओभरमा ६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट क्याच आउट हुन पुगे । आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे ।

कुशल बिलाल खानको तेस्रो ओभरको चौथो बलमा मिडविकेटमा ५ रनमा खवर अलीबाटनै क्याच आउट भए । कुशलले ८ बलमा १ चौका प्रहार गरे । बिलाल खानले दुई विकेट लिएसँगै घरेलु टोली ओमानले राम्रो सुरुवात गरेको छ ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.