default_image

2 years ago

February 19, 2022

फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झाई […]

63 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झाई टि२० आईमा डेब्यू दिएको छ । घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाएको छ ।

कुशललाई विवेक यादवको स्थानमा मौका दिएको हो । कमल सिंह ऐरी र विवेक यादवलाई विश्राम दिदा कुशल मल्ल र गुलशन झालाई खेलाएको छ । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो ।

नेपालले प्रस्तुत गरेको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भएको थियो । नेपालको मनोबल आजको खेलमा उच्च हुनेछ । फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा १ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनाएको थियो ।

फिलिपिन्स नेपाल भन्दा तुलनात्मक रुपमा धेरै कमजोर टोली हो । त्यसैले नेपाललाई कीर्तिमानको वर्षात बनाउने अवसर हुनेछ । नेपालसँग आजको खेलमा फिलिपिन्सविरुद्ध थुप्रै राष्ट्रिय तथा विश्व कीर्तिमान बनाउने अवसर हुनेछ । नेपालले यस खेलमा नेटरनरेट बढाउन ध्यान दिनुपर्ने हुन्छ ।

आजनै हुने समूह बी को अर्को खेलमा ओमान क्यानडासँग पराजित भएमा नेपाल औपचारिक रुपमा एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । यदि ओमानले क्यानडलाई हराएको खण्डमा भने नेपालले अन्तिम पर्खनु पर्ने हुन्छ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । पहिलो खेलमा ओमानलाई हराएपछि नेपालको सम्भावना उच्च भएको छ ।

नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । चार दिनको तयारीको साथ विश्वकप छनोट खेल्न आएको फिलिपिन्स नेपालसँगको खेलमा जित भन्दा सिक्न बढी चाहनेछ । फिलिपिन्सका ड्यानियल स्मिथ, विमल कुमार र कपिल कुमार प्रमुख ब्याटर हुन् ।

समूह ए मा आयरल्यान्ड, युएई, बहरान र जमर्नी छन् । पहिलो दिन आयरल्यान्ड युएईसँग १८ रनले पराजित भयो । बहराइनले जमर्नीलाई ६ विकेटले हराएको थियो । आजनै जमर्नीविरुद्ध युएई तथा आयरल्यान्डविरुद्ध बहराइन दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

यो पनि : नेपाललाई फिलिपिन्समाथि कीर्तिमानको वर्षात गराउने अवसर

क्यानाडाले ओमानलाई हराए नेपाल सेमिफाइनल पुग्ने समिकरण

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.