default_image

2 years ago

February 19, 2022

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

101 views

0 Bookmark

मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ ।

ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय ५६ रनको लक्ष्य ओमानले १८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा कप्तान जिशान मकसुदले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७६ रनको अविजित इनिङ खेले ।

ओपनर कश्याप प्रजापतिले ५६ बलमा ५ चौका र ४ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए । दोस्रो विकेटका लागि जिशान र कश्यापले १ सय २९ रनको शतकीय साझेदारीका साथ जित सहज बनाए । क्यानडाका साद विन जाफरले जतिन्दरसिंहलाई ७ रनमा आउट गरेका थिए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

क्यानडाका रविन्द्रपाल सिंहले ३६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । रयान पठान २६, जफार २०, हम्जा तारिक र डिलन हेलिगरले २१–२१ रन बनाए । ओमानका फैज बटले सर्वाधिक २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले १–१ विकेट लिए ।

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको रनरेट प्लस ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको नेटरनरेट प्लस २. ५१२ छ । समान खेल र नतिजाका साथ ओमान २ अंक जोड्दै तेस्रो स्थानमा छ । ओमानको नेटरनरेट माइनस ०.५६३ छ ।

नेपालले अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेता रुपमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । सामान्य हारले पनि नेपाल सेमिफाइनलमा पुग्न सक्ने समिकरण छ । तर क्यानडा र ओमानलाई भने सामान्य जितले मात्र पुग्ने छैन । नेटरनेटको कारण फराकिलो जित हात पार्नु हुन्छ । ओमानले सोमबार फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्सलाई फराकिलो अन्तरले हराउँदा र नेपाल विजयी हुँदा ओमान सेमिफाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । पहिलो खेलमा क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनको फराकिले अन्तरले हराएको थियो । आजको खेलमा क्यानडा विजयी भएको भए क्यानडा र नेपाल एक खेल अगावै सेमिफानलमा पुग्ने समिकरण थियो ।

समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । पहिलो खेलमा युएईले आयरल्यान्डलाई १८ रनले हराएको थियो । समूह ए बाट युएई समूह विजेता र आयरल्यान्ड उपविजेता रुपमा सेमिफाइनल खेल्ने सम्भावना उच्चछ । फाइनल पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

यो पनि : फिलिपिन्समाथि नेपालको फराकिलो जित

कुशलको सानदार शतक

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.