default_image

2 years ago

February 24, 2022

श्रीलंकामाथि भारतको सहज जित

94 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा श्रीलंकामाथि ६२ रनको सहज जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

२ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । श्रीलंका मध्यक्रमका चरिथ असंलका ४७ बलमा सर्वाधिक ५३ रनमा अविजित रहे । दुश्मन्था चामिराले १४ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । चामिका करुणारत्ने २१, दासुन शनका ३ र दीनेश चान्डिमल १० रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । वेंकटेश ऐर ३ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । भारतका ईशान किशनले ५६ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८९ रनको उत्कृष्ट ब्याटिङ गरे । किशनको यो टि२० आई करिअरको उच्च प्रदर्शन समेत हो । अर्का युवा ब्याटर श्रेयस ऐर २८ बलमा ५ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे ।

ओपनर रोहित शर्मा र किशनले पहिलो विकेटका लागि ११.५ ओभरमा १ सय ११ रनको शतकीय साझेदारीको साथ उत्कृष्ट सुरुवात दिलाए । रोहितलाई लाहिरु कुमाराले ४४ रनमा बोल्ड आउट गरे । बोल्ड हुनुअघि रोहितले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

किशन कप्तान दासुन शनकाको १७ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा जनिथ लियानागेबाट क्याच भएपछि शतक बनाउन ११ रनले चुकेका थिए । रविन्द्र जडेजा ३ रनमा अविजित रहे । श्रीलंका लाहिरु कुमारा र दासुन शनकाले १–१ विकेट लिए । दोस्रो टि२० आई खेल धर्मशालामा शनिबार हुनेछ ।

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

Success

Thank you for your time.