default_image

2 years ago

March 25, 2022

गण्डकीलाई ऐतिहासिक उपाधि, ज्योत्स्निका सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले ऐतिहासिक उपाधि जितेको हो । गण्डकी प्रदेशले जितेको यो कुनैपनि पहिलो उपाधि हो । ६५ रनको लक्ष्य गण्डकीले १७.३ ओभरमा पूरा गर्यो । गण्डकीको जितमा सृजना पौडेल, […]

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले ऐतिहासिक उपाधि जितेको हो । गण्डकी प्रदेशले जितेको यो कुनैपनि पहिलो उपाधि हो ।


६५ रनको लक्ष्य गण्डकीले १७.३ ओभरमा पूरा गर्यो । गण्डकीको जितमा सृजना पौडेल, आंग पेम्बलेम्बु शेर्पा र ज्यात्स्निका मरासिनीले ९–९ रन बनाए । अन्जली विश्वकर्मा ५, आकृति तिवारी ४, मनिषा उपाध्य ५ र सोनिया थापाले ८ रनको योगदान दिए । कर्णालीकी श्रिमी सिंह थारुले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएपनि टोलीलाई च्याम्पियन बनाउन सकिनन् ।

बिना थापाले २ र अन्जली थापाले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ६४ रन बनाएको थियो । ओपनर किरण कुमारी कुँवरले ६७ बलमा २९ रन बनाइन् । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । गण्डकीकी आकृतिले २, मरासिनी र मनिषाले १–१ विकेट लिए ।


गण्डकीको सिनियर टोलीबाट खेलि सकेकी मरासिनी प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिन् । उनले गण्डकीलाई च्याम्पियन बनाउन प्रतियोगिताभर अपराजित रहँदै उत्कृष्ट अलरान्ड प्रदर्शन गरेकी थिइन् । गण्डकी समूह बी बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । गण्डकीले प्रदेश १ लाई १५ रन र मधेश प्रदेशलाई २० रनले पराजित भएको थियो ।

कर्णाली पनि पहिलो पटक कुनै पनि प्रतियोगिता फाइनलमा पुगेको छ । समूह ए मा कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहेको थियो । कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो । लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको थियो । प्रतियोगितामा ७ प्रदेशको सहभागीता थियो । समूह ए मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती छन् । समूह बी मा प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेश थिए ।

गण्डकी घरेलु क्रिकेटमा ठूलो सम्भावना बोकेको टोली हो । गण्डकीको सिनियर पुरुष टोलीमा पनि युवा खेलाडीको बाहुल्यता रहँदै आएको छ । गण्डकीले सिनियर टोलीमा लगातार राम्रो छाप छोड्दै आएको छ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.