default_image

2 years ago

March 27, 2022

इंग्ल्यान्ड हार नजिक

53 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड हार नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ५३ ओभरमा १०३–८ रनको दयनीय अवस्थामा छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो ।

दुबै इनिङमा खराब ब्याटिङ गरेपछि इंग्ल्यान्ड हार नजिक पुग्दै सिरिज गुमाउने अवस्थामा छ । यस अघिका दुबै टेस्ट ड्र भएका थिए । इंग्ल्यान्डका क्रिस वोक्स ९ र ज्याक लिच १ रनमा क्रिजमा छन् । हारबाट बच्न यी दुई खेलाडीले जादुमय प्रदर्शन गर्नुपर्ने हुन्छ । मध्यगतिका बलर काइल मेयर्सले पाँच विकेट लिएपछि भ्रमण टोली इंग्ल्यान्ड धरासयी बनेको हो ।

ओपनर एलेक्स लेस १ सय ३२ बलमा २ चौका प्रहार गर्दै ३२ रनमा आउट भए । ज्याक क्रली ८, जो रुट ५, ड्यान लरेन्स शून्य, बेन स्टोक्स ४, जोनी बेयरस्टो २२ र बेन फोक्स २ रनमा आउट भए । इंग्ल्यान्डका ६ खेलाडी दोहोरो अंकमा रन नबनाई आउट भए ।

वेस्टइन्डिजका काइल मेयर्सले १३ ओभरमा ७ मेडनसहित ९ रन खर्चेर ५ विकेट लिए । त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा २ सय ९७ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका विकेटकिपर जोशुवा डि सिल्भाले २ सय ५७ बलमा १० चौकासहित १ सय रनमा अविजित रहे । उनको यो टेस्ट करिअरको पहिलो शतक हो ।

अल्जारी जोशेफ २८, केमार रोच २५, जोन क्याम्पबेल ३५ र कप्तान क्रेग ब्रेथवेट १७ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिए । क्रेग ओभरटन, सकिब मोहम्मद र बेन स्टोक्सले २–२ विकेट लिए ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा पहिलो दिन ८९.४ ओभरमा २ सय ४ रनमा अल आउट भयो । एक समय ११४–९ को दयनीय अवस्थामा पुगेको इंग्ल्यान्डलाई दशौं विकेटका लागि ज्याक लेच र सकिब मोहम्मदले ९० रनको साझेदारी गर्दै बचाएका थिए ।

सकिब मोहम्मद १ सय १८ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा आउट भए । लेचले १ सय ४१ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे । तीव्र गतिका बलर क्रेग ओभरटन १४ र क्रिस वोक्सले २५ रन बनाए ।

ओपनर एलेक्स लेक्स ९७ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । ज्याक क्रली ७, जो रुट शून्य, ड्यान लरेन्स ८, बेन स्टोक्स २, जोनी बेयरस्टो शून्य, बेन फोक्स ७ रनमा आउट हुँदा इंग्ल्यान्ड ६७–७ को अवस्थामा पुगेको थियो । वेस्टइन्डिजका तीव्र गतिका बलर जयडेन सिल्सले सर्वाधिक ३ विकेट लिए । केमार रोच, काइल मेयर्स र अल्जारी जोशेफले २–२ विकेट लिए ।

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ । मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको […]

Success

Thank you for your time.