default_image

2 years ago

April 1, 2022

उराको छक्काको वर्षामा पीएनजीको इतिहासकै उत्कृष्ट जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्युगिनीले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै […]

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्युगिनीले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ ।

आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पीएनजीले टि२० आई आफ्नो इतिहासमा पूरा गरेको सर्वाधिक सर्वाधिक ठूलो लक्ष्य हो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको अविजित विष्फोटक इनिङ खेले ।

शर्विन मुनीआन्दीलाई १८ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा चौका प्रहार गर्दा पाँचौं बलमा लङअनमा छक्का प्रहार गर्दै खेल सकाए । ओपनर तथा कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि उरा र भालाले १ सय ३७ रनको अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै जित पक्का गराए ।

पीएनजीको यसअघि टि२० आईमा उच्च साझेदारी उरा र भालाले पहिलो विकेटका लागि २०१९ मा नामिबियाविरुद्ध १ सय २५ रनको साझेदारी गरेका थिए । ओपनर लेगा सियाका पहिलो बलमै आउट भएका थिए । नियमित ओपनर उरालाई पीएनजीले चौथो नम्बरमा ब्याटिङ गराएको थियो । भालालाई ओपनिङ गराएको थियो । जुन निर्णय सहि सावित भयो । मलेसियाका मोहम्मद वाफिक र इद्रुसले १–१ विकेट लिए । शर्विनले २.५ ओभरमा ४९ रन खर्चिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए । बायाँ हाते युवा स्टार सैद अजिजले ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

तेस्रो विकेटका लागि अजिज र फैजले १ सय १५ रनको शतकीय कीर्तिमानी साझेदारी गरेका थिए । मलेसियाबाट पहिलो पटक टि२० आईमा शतकीय साझेदारी भएको हो । यसअघि पपुवा न्युगिनीविरुद्ध यसै सिरिजमा विरनदीपसिंह र अहमद फैजले दोस्रो विकेटका लागिनै ९५ रनको उच्च साझेदारी गरेका थिए ।

ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।

नेपाल सुरुवाती तीन खेलमा लगातार जितका साथ फाइनलमा पुगि सकेको छ । नेपालले अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । मलेसिया उक्त खेलमा विजयी भएमा ४ अंकका साथ फाइनलमा पुग्नेछ । पराजित भएमा भने पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । मलेसिया पराजित हुँदा दुबै टोलीको २-२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । पपुवा न्युगिनी पहिलो खेलमा नेपालसँग १५ रन , मलेसियासँग ८ रन र नेपालसँग ३७ रनले पराजित भएको थियो । फाइनल सोमबार हुनेछ ।

यो पनि : आदिल र दीपेन्द्रले ३२ रन हानेको बलर टोलीबाटै बाहिर

‘दीपेन्द्र देखेपछि क्याच नहुँदै ह्याट्रिक पक्का लाग्यो’ – करण

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.