default_image

2 years ago

April 2, 2022

बटलरको उत्कृष्ट शतकमा मुम्बईलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको उत्कृष्ट शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । बटलरले ६८ बलमा […]

90 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको उत्कृष्ट शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२ मा मुम्बई इन्डियन्सलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । बटलरले ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । बटलरले ६६ बलमा शतक पूरा गरेका थिए । आइपिएलमा बटलरको दोस्रो शतक हो ।

यसअघि बटलरले २०२१ मा बटलरले सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा ११ चौका र ८ छक्कासहित १ सय २४ रनको सानदार इनिङ खेलेका थिए । ओपनर यशस्वी जैसवाल १ र देवदत्त पाडिक्कल ७ रनमा आउट भएका थिए । तर तेस्रो विकेटका लागि कप्तान सन्जु स्यामसन र बटलरले ८२ रनको साझेदारी गरेका थिए ।

स्यामसन २१ बलमा १ चौका र ३ छक्कासहित ३० रनमा क्याच आउट भए । उनी पोलार्डको बलमा तिलक बर्माबाट क्याच भए । शिम्रन हेटमायरले १४ बलमा ३ चौका र ३ छक्कासहित ३५ रनको विष्फोटक इनिङ खेल्दै विशाल योगफलमा पुर्याए । हेटमायर जस्प्रित बुमराहको बलमा तिलक बर्माबाट क्याच भए । बटलरलाई बुमराहले १९ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गरे ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । टाइमल मिल्सले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.