default_image

2 years ago

April 8, 2022

विरनदीपको अर्धशतकमा रुपन्देही-११ लाई मध्यम लक्ष्य

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंहको अर्धशतकमा मलेसिया–११ ले भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा घरेलु टोली रुपन्देही ११ लाई १ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको मलेसिया ११ ले १९.५ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । मलेसियाका ओपनर विरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।

सैद अजिजले २१ बलमा ४ चौका सहित २५ रन जोडे । ओपनर जुबैदी जुल्किफ्लिी र कप्तान अहमद फैज १–१ रनमा आउट भएका थिए । जुबैदी स्पिनर अनिल खरेल र फैज कप्तान कृष्ण कार्कीको बलमा बोल्ड भए ।

बायाँ हाते स्पिनर बशिर अहमदले एनुल हफिज र सैद अजिजलाई आउट गरे । दुर्गेश गुप्ताले मोहम्मद आमिरलाई १ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका शार्विन मुनीआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रुपन्देहीका बशिर अहमदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुषालले १–१ विकेट लिए ।

यसै साता नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको मलेसिया टोली नै भैरहवा गएको हो । आजको दोस्रो खेलमा नेपाल पुलिस क्लब र पुश स्र्पोर्ट्स दिल्लीबीच प्रतिस्पर्धा हुनेछ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.