default_image

2 years ago

April 16, 2022

ओमानमाथि स्कटल्यान्डको रोमान्चक जित

104 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय २६ रनको विजयी लक्ष्य स्कटल्यान्डले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

स्कटल्यान्डलाई अन्तिम ६ बलमा जितको लागि १२ रन चाहिँएको थियो । तीव्र गतिका बलर बिलाल खानलाई मार्क वाट्टले पहिलो र पाँचौं बलमा चौका प्रहार गर्दै रोमान्चक जित दिलाए । स्कटल्यान्डका रिची बेरिंग्टनले १ सय १० बलमा ५ चौकासहित सर्वाधिक ७३ रन बनाए ।

जर्ज मुन्शे ४३, माइकल लिस्क २१ र मार्क वाट्टले ३७ रन बनाए । ओमानका बिलाल खानले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाहले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस जितेर ब्याटिङ थालेको ओमानले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनायो । ओपनर कश्याप प्रजापतिले १ सय ६ बलमा ९ चौकासहित सर्वाधिक ८१ रन बनाए । मोहम्मद नदिम ५१ बलमा ३ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे ।

खवर अली २५, जिशान मकसुद १६ र नसिम खुसी २९ रन बनाए । माइकल लिस्क १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । एड्रियन नीलले ९ ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।

आज ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान ३१ खेलमा १८ मा जित र ११ मा हारका साथ ३८ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड १६ खेलमा ११ मा जित र ३ मा हार सहित २४ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । पीएनजी १९ खेलमा १ मा जित र १८ मा हारका साथ पुछारमा छ । शीर्ष तीन टोली अर्को वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा सिधैं पुग्नेछन् ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.