default_image

2 years ago

June 5, 2022

रुटको कीर्तिमानी शतकमा इंग्ल्यान्डको सानदार जित

95 views

0 Bookmark

एजेन्सी – पूर्वकप्तान जो रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । तीन टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।


जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ सय ७० बलमा १२ चौकासहित १ सय १५ रनको अविजित शतकीय इनिङ खेले । रुटको यो टेस्ट करिअरको २६ औं शतक हो ।

योसँगै रुटले टेस्ट क्रिकेटमा एक हजार रन पनि पूरा गरेका छन् । रुटले पूर्व कप्तान एलिष्टर कुकको नाममा रहेको सर्वाधिक कम उमेरमा टेस्टमा १० हजार रन बनाउने कीर्तिमान बराबर गरेका छन् । रुटले ३१ वर्ष १ सय ५७ दिनमा १० हजार रन बनाउँदै कुकको कीर्तिमान बराबर गरे ।

टेस्टमा १० हजार रन बनाउने रुट विश्वका १४ औं र इंग्ल्यान्डका दोस्रो खेलाडी हुन् । रुट सिनियर टोलीमा डेब्यूपछि सर्वाधिक छिटो १० हजार रन पूरा गर्ने खेलाडी हुन् । रुटले डेब्यूपछि ९ वर्ष १ सय ७१ दिनमा यस सफलता हात पारेका हुन् । रुट अघि कुकले नै १० वर्ष ८७ दिनमा पूरा गरेका थिए ।

बेन फोक्स ९२ बलमा ३ चौकासहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि बेन फोक्स र रुटले १ सय २० रनको अविजित शतकीय साझेदारी गरे । एक समय ६९–४ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई पाँचौं विकेटका लागि कप्तान बेन स्टोक्स र रुटले ९० रनको साझेदारी गरेका थिए ।

स्टोक्स १ सय १० बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । एलेक्स लेस २०, ज्याक क्रली ९, जोनी बेयरस्टो १६ र ओली पोप १० रनमा आउट भए । न्युजिल्यान्डका काइल जेमिसनले सर्वाधिक ४ विकेट लिए । दोस्रो इनिङमा न्युजिल्यान्ड २ सय ८५ रनमा अल आउट भएको थियो ।

न्युजिल्यान्डका डर्याल मिचेलले २ सय ३ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङ खेले । टेस्ट करिअरको उनको दोस्रो शतक हो । विकेटकिपर टम ब्लन्डेल १ सय ९८ बलमा १२ चौकासहित ९६ रनमा आउट भए । एक समय ५६–४ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई ब्लन्डेल र मिचेलले पाँचौं विकेटका लागि १ सय ९० रनको उत्कृष्ट साझेदारीका साथ पूनरागमन गराएका थिए ।

केन विलियम्सन १५ र टम लाथम १४ रनमा आउट भए । इंग्ल्यान्डका म्याथ्यु पट्स र स्टुअर्ट ब्रोडले ३–३ विकेट लिए । जेम्स एन्डरसनको नाममा २ विकेट रह्यो । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय ४१ रनमा अल अउट हुँदै ९ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका ज्याक क्रलीले ४३ र एलेक्स लेसले २५ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

रुट ११ र बेन स्टोक्स १ रनमा आउट भएका थिए । न्युजिल्यान्डका टिम साउथीले ४, ट्रेन्ट बोल्टले ३ र काइल जेमिसनले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्ड १ सय ३२ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कोलिन डि ग्रान्डहोम ५० बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे । ओपनर टम लाथम र विल योंगलाई जेम्स एन्डरसनले १–१ रनमा जोनी बेयरस्टोबाट क्याच गराए ।

डेब्यू खेल खेलेका म्याथ्यु पट्सले केन विलियम्सलाई २ रनमा क्याच गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो । पट्सले नै डर्याल मिचेललाई १३ र विकेटकिपर टम ब्लन्डेललाई १४ रनमा आउट गरे । जेमिसन ६, टिम साउथी २६, अजाज पटेल ७ र बोल्टले १४ रन बनाए ।

एक समय ३६–६ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई तल्लोक्रमका ब्याटरले एक सयमाथिको योगफल कटाएका थिए । इंग्ल्यान्डका जेम्स एन्डरसनले ४ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर म्याथ्यु पट्सले ९.२ ओभरमा ४ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । दोस्रो टेस्ट खेल शुक्रबारबाट सुरुहुनेछ ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.