default_image

2 years ago

June 15, 2022

बलियो नेपाल : बलियो प्रदेश १ र बागमती प्रदेशको विजयी सुरुवात

208 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बुधबारबाट सुरु भएको बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा बलियो १ र बलियो बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।

न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौं स्थित तल्लो मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो ।

बर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बलियो गण्डकी प्रदेशले ४१ रन मात्र जोड्न सक्यो । गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १ का कृतिक कामतले सर्वाधिक चार विकेट लिए । जितको लागि ४२ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १०.५ ओभरमा विकेट गुमाउँदै पूरा गर्यो ।

दिनको दोस्रो खेलमा बलियो बागमती प्रदेशले बलियो ११ लाई २२ रनले हरायो । १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको बलियो बागमती प्रदेशले ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

उसका लागि आकाश खत्रीले ३२ बलमा ५१ रन जोडे । बलियो ११ का जेनिश पुन मगरले सर्वाधिक तीन विकेट लिए । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको बलियो ११ ले १४.४ ओभरमा अल आउट भयो ।

बलियो ११ का पारस ऐरले ४३ रन बनाउन बाहेक अन्य ब्याटरले उल्लेखनिय योगदान गर्न सकेनन् । बलियो बागमतीका रोमन विष्टले चार विकेट लिँदै जित पक्का गराए ।

समूह ए मा बलियो लुम्बिनी, बलियो प्रदेश १ र बलियो गण्डकी छन् । समूह बी मा बलियो बागमती, बलियो मधेश प्रदेश र बलियो ११ छन् । बिहीबार पहिलो खेलमा बलियो गण्डकी र बलियो लुम्बिनीबीचको खेल हुनेछ । दोस्रो खेलमा बलियो मधेश र बलियो बागमती प्रदेशबीच प्रतिस्पर्धाहुनेछ ।

खेल बिहान ९ र दिउँसो १ बजेदेखि तल्लोमुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । समूह चरणको खेलपछि शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल असार ४ र फाइनल असार ५ मा हुनेछ ।

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.