default_image

2 years ago

July 2, 2022

नेपालको कमजोर ब्याटिङ, रोहित चलेनन्

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग कमजोर ब्याटिङ गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २७ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित सर्वाधिक ४२ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरी २ र आरिफ शेख १ रनमा साथ दिएका छन् ।

नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले १०.१ ओभरमा ३१ रनको साझेदारी गर्दै सुस्त सुरुवात दिलाएका थिए । कुशल शिल पटेलको बलमा मिहिर पटेलबाट २९ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए ।

देव खनाल ४४ बलमा २ चौकासहित २७ रनमा क्याच भए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ५० रनको साझेदारी गरेका थिए । उपकप्तान रोहित पौडेल दर्शिल पटेलको बलमा २ रनमा क्याच आउट भए ।

आरिफ शेख अमर खालिदको २६ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए ।

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबाद माथि ७ विकेटको जित हासिल गरेको हो । हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रनको अविजित […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.