default_image

2 years ago

July 3, 2022

नेपालले आज ओन्टारियोसँग खेल्दै

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग सिटीमा मेपल लिफ मैदानमा सुरु हुनेछ । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।

क्यानाडाको क्लब क्रिकेट टोलीसँग पनि नेपालले ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । त्यसैले आजको खेलमा खुलेर ब्याटिङ गर्न आवश्यक देखिन्छ । नेपालका ओपनर आसिफ र कुशल दुबैलाई राम्रो सुरुवात दिनुपर्ने हुन्छ । त्यसपछि रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आदिल अन्सराी र करण केसी हुनेछन् ।

आदिल र करण विष्फोटक ब्याटर हुन् । अभ्यास खेलमा विनोदले अर्धशतक प्रहार गरेको हुँदा मनोबल उच्च हुनेछ । तीव्र गतिका बलरमा किशोर महतो, करण केसी र सोमपाल कामी हुनेछन् । स्पिनरमा सन्दीप लामिछाने र बसिर अहमद हुनेछन् ।

ओन्टारियो कप्तानी नेपालबाट खेलि सकेका नरेश बुढाऐरले गर्नेछन् । बुढाऐरले पहिलो अभ्यास खेलमा नेपालविरुद्ध २९ रन प्रहार गरेका थिए । ओपनर रियाजखान पठान र जश शाहले पनि राम्रो सुरुवात दिलाएका थिए । ओन्टारियोको शील पटेल प्रमुख बलर हुन् ।

नेपालले क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.