default_image

2 years ago

July 17, 2022

स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल […]

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल अन्सारीले समान तीन विकेट लिएपछि स्कटल्यान्ड १ सय ४४ रनमा आउट भएको थियो । उक्त लक्ष्य पूरा गर्न आसिफ शेखले ७१ रनको योगदान दिएका थिए ।

तर नामिबियासँग दुबै खेलमा नेपाल खराब ब्याटिङको कारण ४० र ६३ रनले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा नेपाल २ सय रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३६ रनमा अल आउट भएको थियो । खराब ब्याटिङ नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय हो ।

सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल प्रमुख ब्याटर हुँदा ठूलो इनिङ खेल्नुपर्छ । गैर जिम्मेवार ब्याटिङ ठूलो चिन्ता बनेको छ । तीव्र गतिका बलरको प्रदर्शन महत्वपूर्ण हुन्छ ।

नेपालले आज पवन सरार्फ र बसिर अहमद दुबैलाई बाहिर राख्दै करण केसी र किशोर महतोलाई मौका दिनसक्छ । करण टोलीमा फर्किने पक्का छ । तीव्र गतिका बलरलाई फाइदा पुग्ने हुँदा किशोर राम्रो हतियार हुनसक्छन् । तल्लोक्रममा आरिफ, सोमपाल, आदिल र करणले पनि राम्रो ब्याटिङ गर्नुपर्ने हुन्छ । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

स्पिनरमा सन्दीप र दीपेन्द्र हुनेछन् । सन्दीपको प्रदर्शन महत्वपूर्ण हुनेछ । तर स्कटल्यान्ड तीन दिनको विश्रामपछि खेल खेल्दैछ । नेपालले लगातार दोस्रो खेल खेल्दैछ । नामिबियाविरुद्ध खराब ब्याटिङ गरेको हुँदा नेपाललाई अतिरिक्त दबाबमा हुनेछ । नेपालले खराब ब्याटिङलाई भुल्दै उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । तर घरेलु टोली र एसोसिएटको उत्कृष्ट मानिएको स्कटल्यान्डलाई हराउन सहज भने हुने छैन ।

विश्वकप लिग–२ मा स्कटल्यान्ड सबैभन्दा बलियो टोली हो । ब्याटिङमा गहिराई र उत्कृष्ट ब्याटरको बाहुल्यता छ । स्कटल्यान्डको ब्याटिङमा अनुभवी खेलाडी छन् । काइल कोट्जर, म्याथ्यु क्रस, कलुम म्याकलिड, कप्तान रिची बेरिङ्टन र जर्ज मुन्शे जस्ता एसोसियट स्टार ब्याटरले स्कटल्यान्ड धेरै मजबुत बनेको छ ।

यी मध्य एक ब्याटर क्रिजमा जम्दा स्कटल्यान्डले विशाल योगफल बनाउन सक्छ । तल्लोक्रममा क्रिस ग्रिब्स र माइकल लिक्सपनि म्याच विनर ब्याटर हुन् । स्पिनर मार्क वाट्, तीव्र गतिका बलर शफ्यान शरिफ र गेभिन मेनले पनि राम्रो ब्याटिङ गर्दछन् । गेभिनले कठिन समयमा नेपालविरुद्ध अर्धशतक हानेका थिए । शरिफ र गेभिन प्रमुख बलर हुन् । मार्क वाट् र हम्जा ताहिर स्पिनर हुनेछन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १९ खेलमा ८ मा जित र १० मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.