default_image

2 years ago

July 19, 2022

‘हामी असफल भयौं’– सन्दीप

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड भ्रमणबाट फर्केपछि आफूहरु योजना अनुसार असफल भएको जनाएका छन् ।

स्कटल्यान्ड भ्रमणमा नेपालले चार मध्य तीन खेलमा पराजित भएको थियो । तीनै खेल खराब ब्याटिङको कारण हारेको थियो ।
‘स्कटल्यान्ड भ्रमण हामीले सोचे जस्तो भएन । लगातार क्रिकेट खेल्नु हाम्रो लागि सकारात्मक पक्ष पनि थियो । सायद हामीले यसलाई सदुपयोग गर्न सकेका छैनौं । हामीले धेरै राम्रो तयारी गर्न नपाएपनि धेरै राम्रो टोलीसँग एकपछि अर्को खेल खेल्न पाएका छौं’, स्कटल्यान्डबाट फर्केपछि सन्दीपले भने ।

‘हामीले जे सोचेर गएका थियौं । जुन तयारीका साथमा गएका थियौं । एउटा टोलीको रुपमा हामी असफल भयौं’, सन्दीपले भने । नेपाल तीनै खेलमा खराब ब्याटिङको कारण पराजित भयो । ब्याटिङ नेपालको सधैं समस्याको रुपमा नै रहँदै आएको छ ।

कप्तान सन्दीप मानसिक तयार रहनुपर्ने बताउँछन् । ‘विस्तार विस्तारै परिवर्तन गर्नुपर्छ । फेरि त्यहिँ कुरा आउँछ । युवा टोली छ । कन्डिसनमा भरपर्छ । सबै खेलाडीको लागि नयाँ कन्डिसन पनि थियो । जब हामी कडा चुनौतीमा जान्छौ त्यहाँ राम्रो खेल्न सके मात्र अर्को स्तरमा पुग्न सक्छौं’, सन्दीपले भने । नेपालले २०१५ पछि पहिलो पटक स्कटल्यान्डमा खेलेको थियो । जुन समय करण केसी र सोमपाल कामी मात्र टोलीमा थिए ।

सन्दीपको कप्तानीमा नेपालले १४ ओडिआई खेल्दा ९ खेलमा हार बेहोरेको छ । ‘म कप्तानको रुपमा भन्दापनि खेलाडीको रुपमा अघि राख्छु । टिम हार्दा म पनि हारिरहेको हुन्छु । पक्कैपनि टोलीको नेतृत्व गर्दा नतिजा राम्रो आएको छैन । मलाई अझैपनि विश्वास छ यो टिमले राम्रो गर्न सक्छ’, सन्दीपले भने ।

त्यसैमा उनले थपे, ‘खेलाडीमा क्षमता छ । हामी हाम्रो क्षमताको स्तरमा गएर खेल्न सकेका छैनौं । हामी आफैं गत्ली कहाँ भएको छ विश्लेषण गर्न सक्छौं । प्रशिक्षकले पनि आफ्नो तर्फबाट गर्नुभएको छ । सबैजनाले आफ्नो तर्फबाट सक्दो दिन खोज्नुभएको छ ।’

पछिल्लो समय खराब प्रदर्शनसँगै मुख्य प्रशिक्षक पुबुदु दासानायकेको भूमिकामा पनि प्रश्न उठेको छ । सन्दीप प्रशिक्षकको मात्र गल्ती नभएको तर्क राख्छन् ।

‘पक्कैपनि सबैजनाको खेल नराम्रो हुँदा चोट पुग्छ । हामीले यो कुरा स्वीकार गर्नुपर्छ । राम्रो खेल्दा समर्थकले जति साथ दिनुहुन्छ नराम्रो खेल्दा गाली खानु स्वभाविक हो । प्रशिक्षकको कुरा गर्दा उहाँले गर्दा राम्रो पनि भएको छ । ब्याटिङको समस्या हाम्रो धेरै पहिलादेखि छ, अहिले आएर दोष देखिएको मात्र हो’, सन्दीपले भने ।

‘प्रशिक्षक मात्र नभएर हामी खेलाडी सबैभन्दा बढी जिम्मेवार हो । किनभने हामीनै गएर खेल्ने हो । प्रशिक्षकले योजना दिने हो । मैले विश्वको धेरै ठाउँको लिग खेलें, मैदानको बीचमा आएपछि भूमिका खासै हुँदैन,’ उनले थपे ।

पछिल्लो समय टोलीको एकतामा लिएर धेरै पश्न उठ्ने गर्दछ । तर सन्दीपले टिम एक नै भएको बताउँदै आएका छन् । नेपालले विश्वकप लिग २ मा अव १६ खेल खेल्न बाँकी छ । १६ मध्य ८ खेल घरेलु मैदान र बाँकी चार चार पपुवा न्युगिनी र नामिबियामा गएर खेल्नुपर्ने हुन्छ ।

‘टिममा एकता छ । राम्रो छ । राम्रो बाटोमा गएका छौं । सबै कुरा एकै पटकमा परिवर्तन गर्न सकिदैन । समय मिल्छ । पछि पछुताउनु भन्दा अहिले नै हामीले किन गरेका छैनौं भनेर भन्नु राम्रो हो । यो गल्तीहरुलाई सुधार गर्न अझै १६ खेल बाँकी छ । नेपाली क्रिकेट नै बचाउन हामीले बाँकी खेलहरु जित्नुपर्ने हुन्छ’, उनले भने ।

२०१९ यता नेपाली क्रिकेटको सबैभन्दा ठूलो समस्या गैरजिम्मेवार ब्याटिङ हो । हारको सबै कारण यसैलाई मानिन्छ । तर मुख्य समस्या सुधार हुने कुनै संकेत छैन । सन्दीप धेरै परिवर्तन गरेको कारण हुनसक्ने बताउँछन् ।

‘त्यो समयमा हामीले धेरै नयाँ खेलाडीलाई मौका दियौं । यो टोलीमा एकदुई जना बाहेक त्यति धेरै अनुभवी खेलाडी हुनुहुँदैन । रोहित क्लास भएका खेलाडी हुन् । दीपेन्द्र पनि एक उत्कृष्ट खेलाडी हुन् । अरुपनि खेलाडी हुनुन्छ । नयाँ स्तरमा कसरी पुग्ने । गैर जिम्मेवारी भन्दा पनि हामीले यसबारे विश्लेषण गर्न एकदमै आवश्यक छ’, सन्दीपले भने ।

नेपालले तेस्रो खेलमा नामिबियासँग करण केसीलाई विश्राम दिँदै पवन सरार्फलाई अवसर दिएको थियो । तेस्रो बलर अभाव हुँदा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको थियो । सन्दीप उक्त परिवर्तन गर्ने टिमको निर्णय भएको बताउँछन् ।

नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने दबाब छ । शीर्ष पाँचमा पर्न १० भन्दा बढी खेल जित्नुपर्ने हुन्छ ।

यो पनि : दासानायकेको असफलतासँगै संकटमा ओडिआई मान्यता

ओडिआईमा जम्न नसकेका दीपेन्द्र

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

Success

Thank you for your time.