default_image

3 years ago

August 9, 2022

नेपाली क्रिकेटमा प्रभाकरका पाँच चुनौती

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।

प्रभाकर भारतीय क्रिकेटमा सन् १९९० को समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सनाथ जयसूर्याले उनको करिअर समाप्त पार्नेक्रममा एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले मुख्य प्रशिक्षकको रुपमा भारतको राजस्थानलाई रणजी ट्रफीमा हेरेका छन् ।

दिल्ली र अफगानिस्तानको बलिङ प्रशिक्षकको रुपमा काम गरेको अनुभव उनीसँग छ । उनलाई क्यानले बिसिसिआईका उच्च पदाधिकारीको सिफारिसमा नियुक्त गरेको जनाएको छ । नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकरका पाँच चुनौती यस प्रकार छन् ।

५. थोरै लगानी र कमजोर संरचनाबाट उच्च नतिजा

नेपाली क्रिकेटमा निकै थोरै लगानी र सिमित संरचनाहरु छन् । त्यसबाट विश्व क्रिकेटमा उच्च नतिजा निकाल्नु पर्ने हुन्छ । एउटा राष्ट्रिय प्रतियोगिता भरमा वर्ष धान्नुपर्छ । टि२० प्रतियोगिताबाट ओडिआई र ओडिआईबाट टि२० आई खेलाडी छान्नुपर्ने बाध्यता छ । दुई वर्षदेखि एकदिवसिय घरेलु प्रतियोगिता नहुनाले नेपालको लगानी प्रष्ट पार्छ ।

नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र युएई एसोासियटका शीर्ष टोली हुन् । लगानी र संरचनाको हिसाबमा नेपालको ती देशसँग अन्तर आकाश पातलको फरक छ । नेपालको संरचना, विकास र लगानी मलेसिया र कतार भन्दापनि कमजोर छ ।

नेपालले हार्दा कसैले पनि लगानी र संरचनामा प्रश्न उठाउँदैनन् । कप्तान र प्रशिक्षक त्यसको भागीदार हुन् । नेपालमा सधैं उच्च अपेक्षा राखिन्छ । खराब नतिजामा आलोचना त्यसै अनुसार हुने गर्दछ । त्यसैले प्रभाकरलाई सहज हुनेछैन ।

४. खेलाडीको गैर जिम्मेवार अन्त्य

नेपाली क्रिकेटमा गैरजिम्मेवारीपन खेलाडीको सबैभन्दा ठूलो समस्या हो । नेपालले लगातार हार्नुमा गैर जिम्मेवारीपन रहँदै आएको छ । यो समस्या अन्त्य विना नेपालले राम्रो नतिजा पक्कै ल्याउने छैन ।

कुनैपनि खेलाडीमा जिम्मेवारी र धैर्यता देखिदैन । खराब सट छनोट, अन्त्याधिक डट बल, परिस्थीति अनुसार खेल्न नसक्नु, सामान्य लक्ष्य पनि पूरा गर्न नसक्नु, विपक्षीको कमजोरी अनुसार योजना बनाउन नसक्नु कमजोरी हुन् । मैदानमा धैर्यता र जिम्मेवारी कुनैपनि ब्याटरमा देखिदैन । ओडिआईमा यो बिना कुनैपनि ब्याटरले रन बनाउन सक्दैन ।

प्रभाकरलाई लामो समयदेखि समस्या बन्दै आएको गैरजिम्मेवार अन्त्य गर्नुपर्ने हुन्छ । घरेलु प्रतियोगिता र पर्याप्त खेल नहुँदा उनलाई सहज भने हुने छैन ।

३. ब्याटिङमा सुधार

नेपालको सबैभन्दा ठूलो कमजोरी ब्याटिङ नै हो । इतिहास देखिनै नेपालको ब्याटिङ अन्तर्राष्ट्रिय स्तरमा कमजोर प्रदर्शन गर्दै आएको छ । नेपालले हार्ने सबै खेल कमजोर ब्याटिङ नै कारण बन्दै आएका छन् । अन्य एसोसियट टोलीले आधुनिक क्रिकेट खेल्दा नेपाल दशक अघिकै शैलीमा खेलेको छ ।

ब्याटिङ सुधार विना नतिजा आउन सक्दैन । उनले छोटो समयमा युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ । ब्याटिङ सुधारको लागि प्रभाकर मात्र होईन क्यान र खेलाडीमा भर पर्नेछ । अहिले नेपालको जुन संरचना छ त्यसले ब्याटिङ सुधारको सम्भावना धेरै कठिन देखिन्छ ।

२. टिमको गुट अन्त्य र एकता

नेपालको टिम भित्रको गुटले सबैलाई वाक्कदिक्क बनाएको छ । क्रिकेट टोलीको खेल हुँदा एकता बिना नतिजा आउन सक्दैन । नेपालका प्रमुख खेलाडी दुई धारमा छन् । एकले अर्कोलाई साथ नदिएको आरोप लाग्दै आएको छ । टोलीमा एकले राम्रो गर्दा अर्कोले नगर्दिने सम्मको आरोप लाग्छ ।

अबको उनको पहिलो प्रयास टोलीमा रहेको गुट अन्त्य गर्नुपर्ने हुन्छ । तर सहज भने हुने छैन । सन्दीप लामिछानेलाई कप्तान दिएपछि गुट झनै मौलाएको छ । उनीहरु टोलीमा शक्तिशाली पक्षको रुपमा छन् । तर पुबुदुले जाँदाजाँदै यो प्रवृतिको अन्त्य भएको बताएका थिए ।

पछिल्लो समय टोली भित्र मौलाएको गुट अन्त्य उनको मुख्य चुनौती हुनेछ । टोली एक विना नतिजा आउन सक्दैन । खेलाडीको अनुशासनमा पनि प्रश्न उठ्दै आएको छ । तर उनको स्वभाव हक्की र रुखो स्वभावमा छन् । उनको स्वभाव हेर्दा सफल भने हुनसक्छन् ।

१. ओडिआई मान्यता निरन्तरता

प्रभाकरको मुख्य काम नेपाली क्रिकेट टोलीको ओडिआई मान्यतालाई निरन्तरता दिनुपर्ने हुन्छ । उनीसँग अब थोरै सयम छ । ओडिआई मान्यता निरन्तरता दिन उनले धेरै परिवर्तन गर्नुपर्ने हुन्छ । एउटा सिरिजमा नराम्रो खेल्दा आशा लगभग सबै सकिनेछ ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले १६ खेल खेल्न बाँकी छ । ८ खेल होम र ८ खेल अवेमा खेल्नुपर्ने हुन्छ । नेपालले ओडिआई मान्यतालाई निरन्तरता दिन कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । नेपालले पपुवा न्युगिनी र नामिबियिामा गएर खेल्नुपर्ने हुन्छ । यी दुबै देशको वातावरणमा खेल्न नेपाललाई सहज हुने छैन ।

ओडिआई मान्यता जोगाउन खुकुरीको धारमा हिँड्नुपर्ने छ । परिवर्तन तत्काल हुने कुरा पनि होईन । केहि समय लाग्छ । तर उनीसँग त्यो समय भने छैन । उनलाई नेपाली खेलाडी कुन कस्तो त्यो नै राम्रोसँग थाहा छैन । २०२३ मार्चमा विश्वकप लिग २ सकिने छ । समस्या समाधान गर्दै अघि बढ्ने समय नहुँदा एक्कासी नतिजा निकाल्न पक्कै सहज हुने छैन ।

यो पनि : को हुन् नेपालका नयाँ प्रशिक्षक प्रभाकर ?

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.