default_image

3 years ago

August 14, 2022

‘पहिलो लक्ष्य ओडिआई, त्यसपछि टेस्ट’ – प्रभाकर

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफ्नो पहिलो लक्ष्य ओडिआई निरन्तरता दिने र त्यसपछि टेस्ट मान्यताका लागि हुने बताएका छन् । शनिबार साँझ नेपाल आइपुगेका प्रभाकरले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

‘यो मेरा लागि धेरै चुनौतीपूर्ण हुनेछ र म त्यसका लागि तयार छु । म युवा खेलाडीलाई सहयोग गर्नेछु । आफ्नो उत्कृष्ट दिन ध्यान केन्द्रित हुनेछ’, प्रभाकरले नेपाल आएपछि भने । त्यसैमा थपे, ‘मेरो लागि अन्तर्राष्ट्रिय स्तरमा टिम निर्माण गर्नु चुनौतीपूर्ण हुनेछ ।’

नेपाल किन रोजको भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म आफैं हिमालबाट आएको छु । म यहाँ काम गर्न चाहन्छु । यहाँको शक्ति र क्षमता फरक हुन्छ । म उत्कृष्ट नतिजा दिनेछु’, उनले भने ।

पछिल्लो समय नेपालको प्रदर्शन भने त्यति राम्रो छैन । त्यसैले टोलीलाई लयमा फर्काउन उनलाई सहज हुने छैन । आफू अनुभवी हुँदा हाल रहेका समस्या समाधान गर्ने प्रभाकर बताउँछन् ।

‘अन्तर्राष्ट्रिय स्तरमा टिम निर्माणको चुनौती हो । मसँग अनुभव छ । युवा खेलाडीलाई कसरी सुधार गर्ने मलाई थाहा छ । उनीहरु सधैं संघर्ष गर्दै आएका छन् । यो सानो मानसिक कुरा हो । त्यो हामी ठिक गर्ने छौं । त्यसैले म यहाँ आएको छु । दुई तीन महिनामै उनीहरुमा फरक पाउनुनेछ’, प्रभाकरले भने ।

भारतीय पत्रकारबाट नेपाली क्रिकेट अझ थाहा पाएको उनी बताउँछन् । ‘मलाई नेपाली क्रिकेटबारे थाहा छ । भारतका पत्रकारबाट नेपाली क्रिकेट के हो भनेर मलाई सहयोग गरेका छन् । केहि खेलाडी आइपिएल खेलिसकेका छन् । मैले पछ्याउँदै आएको छु’, उनले भने ।

‘मसँग समय छ । विश्वमा नेपालको प्रर्दशन हेर्नेछु । मेरो लक्ष्य पहिला ओडिआई र त्यसपछि टेस्ट हुनेछ । मैले नेपालको खेल लाइभ नहरेपनि भिडियो हेरेर प्रदर्शन हेरेको छु’, उनले भने ।

त्यसैमा उनले थपे, ‘मैले नेपाली क्रिकेटमा ब्याटिङमा सहयोग गर्न चाहन्छु । बलर फरक तरिकाले तयार हुनेछन् । तपाई बोर्डमा राम्रो लक्ष्य दिनुहुन्छ भने त्यसै फरक हुनेछ । त्यसैले ब्याटिङ सुधारमा केन्द्रित हुनेछौं ।’

अघिल्लो महिना पुबुदु दासानायिकले राजीनामा दिएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् ।

तीव्र गतिमा बलिङ गर्ने उनले तल्लोक्रममा राम्रो ब्याटिङ गरे । उनले सचिन तेन्दुलकरको साथ ओपनिङ पनि गरे । ओडिआईमा भने १९९४ मा नै शारजाहमा श्रीलंकाविरुद्ध डेब्यू गरेका थिए । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनल सम्म पुर्याउन उनको प्रदर्शन सानदार थियो ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । त्यो समय विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहिँबाट सकिएको थियो ।

१९९० को दशकमा भारतका प्रभावशाली अलराउन्डरको छवी बनाएका प्रभाकरको करिअर एक खेलको प्रदर्शनले सकियो । प्रभाकर ओडिआई र टेस्ट दुबैमा बलिङ र ब्याटिङ दुबैमा ओपनिङ गर्ने खेलाडी हुन् । प्रभाकर कडा र तिखो बोली स्वभावका प्रशिक्षक मानिन्छन् । उनले २०१६ को टि२० विश्वकपमा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतीय घरेलु क्रिकेटमा दिल्लीको बलिङ र राजस्थानको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।

यो पनि पढ्नुहोस् : को हुन् नेपालका नयाँ प्रशिक्षक प्रभाकर ?

नेपाली क्रिकेटमा प्रभाकरका पाँच चुनौती

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.