default_image

3 years ago

August 16, 2022

‘सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने हुँदैन’ – ज्ञानेन्द्र मल्ल

409 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने नहुने बताएका छन् । पाँच महिनापछि नेपाली टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्र अहिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् ।

‘पूनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ । त्यो पनि नेपाली टोलीको लागि खेल्न पाउनु कुनैपनि खेलाडीको लागि एउटा सपना हो । टिमलाई योगदान गर्नसक्छु भन्ने हिसाबले टोलीमा फेरि आउन पाएकोमा खुसी छु’, ज्ञानेन्द्रले भने ।

नेपाली क्रिकेटमा क्लासिक सट प्रहार गर्न माहिर मानिने ज्ञानेन्द्र सन् २००६ मा कुवेतविरुद्ध डेब्यू गरेपछि प्रदर्शनको कारण नेपाली टोलीबाट बाहिरिएको यो पहिलो पटक थियो । ज्ञानेन्द्र आफू भने टोलीबाट बाहिर हुँदा निर्णय स्वीकार गर्नुपर्ने बताउँछन् ।

‘बाहिर बस्दा गाह्रो हुन्छ भन्दापनि त्यो स्वीकार गर्नुपर्ने कुरा हो । सबै खेलाडी सधैं टोलीमा हुन्छ भन्ने पनि हुदैन । अब मेरो लागि म मात्र होईन । यो अवस्थाको(खराब लय) सबै खेलाडीले सामना गर्नुपर्छ । आफ्नो हातमा हुँदैन । आफूले आफूलाई समय दिने हो । जे गर्नुपर्ने हो त्यो निरन्तर गर्नुपर्छ । त्यसमा केन्द्रित छु’, पुनरागमनबारे उनले भने ।

ज्ञानेन्द्रले टोलीबाट बाहिर हुँदा समय मिलेसम्म नेपालको खेल हेरेको बताउँछन् । ‘मध्यरातमा पनि खेल भयो । घरमा समय पनि दिनपर्यो । सबै खेल लाईभ पूरा त हेर्न पाएन । जति सकें त्यति हेरें । कमजोरी भन्दापनि हामीले अझ राम्रो गर्नुपर्ने कुराहरु थियो र छ’, ज्ञानेन्द्रले भने ।

त्यसैमा थपे, ‘पहिला देखिनै हामीले ब्याटिङलाई लिएर धेरै कुरा गर्छौं । त्यसमा पनि अझ मिहिनेत गर्नुपर्ने हुन्छ । साझेदारी गर्नु पर्ने देखियो । बलिङ राम्रो छ । तर त्यो पनि सधैं राम्रो हुन्छ भन्ने हुँदैन । हामी सबैले स्वीकार गर्नुपर्छ कि तीन सय रन सधैं हानेर जिताउने अवस्था छैन । बलिङमा हाम्रो राम्रो छ । त्यो स्वीकार गरेर अघि बढ्नुपर्छ ।’

अहिलेको अवस्थामा राष्ट्रिय टोलीबाट बाहिर भएपछि फर्कने सहज छैन । घरेलु प्रतियोगिता नहुँदा खेलाडीले पूनरागमन गर्न आफ्नो प्रदर्शन देखाउने ठाउँ पाएका छैनन् । ‘हामीसँग तालमेलको कमी छ । खेलाडी किन बाहिर छ ? के कुरामा काम गर्नुपर्ने हो ? त्यो कुरा बुझाउँदा खेलाडीलाई सजिलो हुन्थ्यो’, उनले त्यसैमा थपे, “त्यसपछि आफूले आफूलाई तयार पारेर त्यो भन्दा राम्रो हुन्छु भन्ने हिसाब हुन्छ । कतिपय कुरा आफूलाई थाहा हुँदैन । मानसिक रुपमा पछि परेको हुनसक्छ । टेक्निकल रुपमा असफल भएको हुन्छ । त्यसलाई सुधार गर्नुपर्छ । त्यसको लागि सबै खेलाडीलाई कम्युनिकेसनमा बाँधेर राखे सजिलो हुन्छ ।”

ज्ञानेन्द्र टोलीबाट बाहिरिएपछि नेपाली टोलीमा अनुभवी खेलाडीको अभाव देखिएको थियो । जुन प्रदर्शनमा पनि स्पष्ट देखिन्थ्यो । तर ज्ञानेन्द्र आफूलाई त्यस्तो नलाग्ने बताएका छन् । ‘धेरै कुराहरु प्रदर्शन नभएपछि थाहा हुन्छ । अनुभवको कमी भयो भन्दापनि सबै जना सुरुमै लिएर त आउँदैन । १०–१५ वर्ष अनुभव लिएर आउने होइन । समय दिनुपर्छ जस्तो लाग्छ,’ उनले भने ।

ज्ञानेन्द्रले टोलीबाहिर रहँदा मैदानमा आएर प्रशिक्षण गर्न नपाएको कुरा याद आउने बताए । ‘टिममा नहुँदा मिस हुने कुरा ग्राउन्डमा आउने खेल्ने कुरा हो । मलाई त जिन्दगी नै यहिँ (टियु मैदान) मा बिताए जस्तो लाग्छ । मलाई त आफ्नो घरमा पनि घर नै यहाँ हो भनेर भन्छन्,’ उनले थपे, ‘कहिलेकाहीं यताबाट कतै जाँदा पनि श्रीमतीले छोरीलाई उ त्यो बाबाको घर भनेर जिस्काउनुहुन्छ ।’

‘त्यसरी बिताएको जीन्दगी हो । मिस त भईहाल्छ । यो हुने कुरा नै हो । जीवनमा परिवर्तन भन्ने कुरा हुन्छ नै । त्यो कुराले अगाडि नै बढ्नुपर्ने हुन्छ’, ज्ञानेन्द्रले हाँस्दै भने ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मनोज प्रभाकरले तीन दिनदेखि टोलीको प्रशिक्षण हेरेका छन् । उनी अनुभवी खेलाडी रहेको ज्ञानेन्द्र बताउँछन् । ‘वहाँ आफैं एक अनुभवी खेलाडी हुनुन्छ । वहाँले जुन स्तरमा खेल्नु भएको छ त्यहाँ खेल्न हामीले सोचिरहेका छौं । वहाँ बेसिक कुरामा ध्यान केन्द्रित गराउनुहुन्छ । ५० ओभरलाई लिएर केन्द्रित हुनुपर्ने कुराहरु आइरहेको छ’, ज्ञानेन्द्रले टुंग्याए ।

यो पनि पढ्नुहोस् : ‘नेपाली ब्याटरमा टेक्निकको कमी छ’– प्रभाकर

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.