default_image

3 years ago

August 14, 2022

‘नेपाली ब्याटरमा टेक्निकको कमी छ’– प्रभाकर

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याटरमा टेक्निकको कमी रहेको बताएका छन् । पहिलो दिन आइतबार नेपाली ब्याटरलाई टियु क्रिकेट मैदानमा हेरेपछि प्रभाकरले टेक्निक हराएको बताएका हुन् ।

‘अबको मुख्य लक्ष्य आइसिसी विश्वकप लिग–२ का बाँकी १६ खेलमा हो । ती खेलमा निरन्तरता र सकेसम्म सर्वाधिक जित निकाल्न चाहन्छौं’, प्रभाकरले आइतबार पत्रकारसँगको अन्तरक्रियामा भने, ‘युवा टोली धेरै चाँडो सिक्ने गर्दछन् । २०२२ मा नेपाली क्रिकेट युवा टोली छ । चाँडै सिक्छ भने प्रदर्शन अझ उत्कृष्ट हुनेछ ।’

नेपालबाट टेष्टमा अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्कैपनि पहिला हामीले ओडिआईमा प्रमाणित गर्नुपर्छ । ओडिआई मान्यतापछि अर्को पाइला टेस्ट हो । क्रिकेटका सबैजना इन्डियन प्रिमियर लिग खेल्न चाहन्छन् । ओडिआई र टेस्ट टेक्निकको कुरा हो । टेक्निक छ भने खेलाडीले जुनसुकै स्तरमा प्रदर्शन गर्नसक्छ । मेरो योजना पहिला टेक्निकमा काम गर्ने हुनेछ’, प्रभाकरले भने ।

नेपालले ब्याटिङमा सधैं संघर्ष गर्दै आएको छ । प्रभाकरले पहिलो दिन आइतबार सबै ब्याटरको प्रदर्शन हेरेका थिए । ‘मैले आज सबै ब्याटरलाई हेरेको छु । मलाई अनुभुती भयो उनीहरुको लक्ष्य कडा सटहरु प्रहार गर्नु थियो । उनीहरुमा टेक्निकको कमी थियो । मैले अनुभुती गरे टेक्निकल पार्टसँगै ब्याटिङ क्रममा पनि परिवर्तन हुनेछ’, नेपाली ब्याटिङ समस्याबारे उनले भने ।

‘टि२० क्रिकेटमा टेक्निक कुनै गल्ती होईन । भारतका ओपनर लोकेश राहुल टेक्निकको कारण शतक हान्दै आएका छन् । विराट कोहली टेक्निको प्रयोग गरेर शतक बनाउँदै आएका छन् । टि२० क्रिकेट पावरको खेल मात्र होईन । यदि तपाईंसँग टेक्निक छ भने कुनैपनि क्रिकेट र समयमा रन बनाउन सक्नुहुन्छ । नेपाली ब्याटरमा टेक्निक हराएको छ । त्यो सुधार गर्नुपर्छ’, उनले भने ।

अघिल्लो महिना पुबुदु दासानायिकले राजीनामा दिएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले तल्लोक्रममा राम्रो ब्याटिङ गरे । उनले सचिन तेन्दुलकरको साथ ओपनिङ पनि गरे ।

ओडिआईमा भने १९९४ मा नै शारजाहमा श्रीलंकाविरुद्ध डेब्यू गरेका थिए । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनल सम्म पुर्याउन उनको प्रदर्शन सानदार थियो ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । त्यो समय विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहिँबाट सकिएको थियो ।

१९९० को दशकमा भारतका प्रभावशाली अलराउन्डरको छवी बनाएका प्रभाकरको करिअर एक खेलको प्रदर्शनले सकियो । प्रभाकर ओडिआई र टेस्ट दुबैमा बलिङ र ब्याटिङ दुबैमा ओपनिङ गर्ने खेलाडी हुन् । प्रभाकर कडा र तिखो बोली स्वभावका प्रशिक्षक मानिन्छन् । उनले २०१६ को टि२० विश्वकपमा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतीय घरेलु क्रिकेटमा दिल्लीको बलिङ र राजस्थानको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।

नेपालले उनको प्रशिक्षकमा एक हप्ता टियु मैदानमा अभ्यास गर्नेछ । त्यसपछि नेपाल पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास सिरिज खेल्न केन्या जानेछ । नेपाल र केन्याबीचको पहिलो टि२० आई खेल २५ अगष्टमा हुनेछ । नेपाल २३ अगष्ट जानेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।

यो पनि पढ्नुहोस् : को हुन् नेपालका नयाँ प्रशिक्षक प्रभाकर ?

नेपाली क्रिकेटमा प्रभाकरका पाँच चुनौती

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.