default_image

2 years ago

August 22, 2022

एसिया कप छनोटमा युएईमाथि कुवेतको रोमान्चक जित

182 views

0 Bookmark

एजेन्सी – ओमानमा जारी टि२० एसिया कप छनोटमा प्रमुख दाबेदार टोली युएई कुवेतसँग एक विकेटले पराजित हुँदै स्तब्ध भएको छ । यो हारसँगै युएईको शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ । कुवेतले पहिलो पटक युएईलाई हराएको हो ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको कुवेतलले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतलाई अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिँएको थियो । पहिलो बलमै यासिन पटेलले कासिफ दाउदलाई छक्का प्रहार गरे । पाँचौ बलमा मोहम्मद शफिकले चौका प्रहार गर्दै खेल सकाए । कुवेतले पहिलो पटक युएईलाई हराएको हो ।

कुवेतको जितमा ओपनर रवीजा संदारुवानले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३४ रनमा आउट भए । मिट भास्वर २७, उस्मान पटेल २१ र कप्तान मोहम्मद अस्लाम १९ रनमा आउट भए । एडसन सिल्भा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । सिल्भा नै खेलको प्लेयर अफ द म्याच चुनिए । युएईका बासिल हमीदले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । युएईका ओपनर चिराग सुरीले ६१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाए । अर्का ओपनर मोहमम्द वासिम २३ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

वृत्य अरविन्दले २९ बलमा २ चौकासहित ३३ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कुवेतका मोहम्मद शफिक, सैद मोनिव र शिराज खानले एक एक विकेट लिए । युएई शीर्ष स्थानमा रहन हङकङ र सिंगापुर दुबैलाई फराकिलो अन्तरले हराउनु पर्छ ।नेटरनरेटमा निर्भर रहनेछ । पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको थियो । सोमबार युएई र सिंगापुर खेल्नेछन् ।

लिगको खेलपछि शीर्ष स्थानमा रहने टोलीले अगष्ट २७ देखि युएईमा हुने एसिया कप खेल्न पाउनेछन् । छनोटबाट जाने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

यो पनि : जब नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमायो

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.