3 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध परेको नाबालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी जारी गरेको बताएको छ । विज्ञप्तिमा लेखिएको छ :‘नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने उपर जजक कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी मिति २०७९।०५। २३ गतेको अद्यावधिक : मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ।’
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीय बालिकालाई बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढएको थियो ।
प्रहरीका अनुसार सन्दीपले १७ वर्षीय नाबालिकालाई भदौ पाँच गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका र सन्दीपले भदौ पाँचमा काठमाडौं लाई राती ११ : ५५ मा काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ :२५ मा बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।
प्रहरीले उक्त जाहेरी दरखास्त गरि पिडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्र मा बिस्तृत स्वाथ्य परिक्षण गराएको थियो । अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।
नेपाली क्रिकेट टोली भदौ ६ मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप लामिछाने सहित ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो । कप्तान सन्दीप लामिछाने टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए ।
सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्जि गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् ।
यो पनि :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]