default_image

3 years ago

September 9, 2022

एनआरएनएको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

388 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनएले नेपाल एपिएफ क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरि रहँदा वर्षाको कारण खेल रोकिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाउँदै १ सय २० रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । एनआरएनएका कप्तान सुनाम गौतम ३५ बलमा २ चौका र २ छक्कासहित ४५ रनमा अविजित छन् । पृथु बास्कोटा २६ बलमा २ चौकासहित २६ रनमा अविजित छन् ।

तेस्रो विकेटका लागि सुनाम र पृथुले ६५ रनको साझेदारी गरेका छन् । ओपनर दीनेश खरेलले १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रन जोड्दै आक्रामक सुरुवात दिलाए । खरेल तीव्र गतिका बलर अभिनाश बोहराको बलमा बोल्ड हुन पुगेका थिए । पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध आक्रामक ४६ रन जोडेका सागर आज भने ६ रनमै आउट भए । सागर स्पिनर भुवन कार्कीको बलमा दोस्रो ओभरको अन्तिम बलमा बोल्ड भएका थिए ।

टियुमा दोस्रो खेलमा आज बागमती प्रदेश र सुदूरपश्चिमबीच खेल हुनेछ । उता मुलपानीमा आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्ध भई सकेको छ । दोस्रो खेलमा आर्मी र कर्णालीबीचको हुने कार्यक्रम छ । तर वर्षाले हुने सम्भावना भने देखिदैन । टियुमा अहिले वर्षा जारी छ ।

समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश हुनेछन् । समूह बी मा एनआरएनए नेपाल, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र नेपाल एपिएफ क्लब छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ । टियुमा भारी वर्षा हुँदा आज पुनः खेल हुने सम्भावना भने देखिदैन ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.