default_image

3 years ago

September 10, 2022

रोहित विराटनगर सुपरकिंग्सको मार्की खेलाडी

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् ।

विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि केन्या भ्रमणमा तीन एकदिवसिय अभ्यास खेलमा कप्तानी गर्दै सिरिजमा क्लिनस्विप गरेका थिए ।

रोहितले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट उपकप्तानी गरि सकेका छन् । नेपाली यू-१९ टोलीको कप्तानी समेत गरेका छन् । पोखरा एभेन्चर्सले विकेटकिपर आसिफ शेखलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । १५ लाखमै पोखराले शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ ।

काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् ।

दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ । दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ । जसमध्य ७ खेलाडी ए ग्रेडमा बिकेका छन् । ड्राफ्टमा ए ग्रेडमा कुल १३ खेलाडीले भोरेका थिए । सन्दीप लामिछानेलाई ड्राफ्टबाट हटाइएको थियो । बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन् ।

एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन् । नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ । प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.