3 years ago
September 11, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर भानुका राजपक्षेको अर्धशतकमा श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई उपाधि जित्न १ सय ७१ रनको बलियो लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । राजपक्षेले १८ औं ओभरको चौथो बलमा ब्यक्तिगत ४६ रनमा शादब खानले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।
वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराए । तीव्र गतिका बलर नसिम शाहले पहिलो ओभरको तेस्रो बलमा कुशल मेन्डिसलाई शून्यमा बोल्ड गरे । नसिमको स्विंग बलमा कुशल बोल्ड भए ।

चौथो ओभरको दोस्रो बलमा हरिस रौफले ओपनर पाथुम निसंकालाई ८ रनमा बाबर आजमबाट क्याच गराउँदै प्रमुख सफलता दिलाए । छैटौं ओभरको पहिलो बलमा हरिस रौफले धनुष्का गुणाथिलकालाई एक रनमा बोल्ड गर्दै श्रीलंकालाई ३६–३ को अवस्थामा पुर्याए ।
पार्ट टाईम स्पिनर इफ्तिखार अहमदले धनन्जय डि सिल्भालाई २८ रनमा कट एण्ड बोल्ड गरेपछि श्रीलंका ५३–४ को कमजोर अवस्थामा पुगेको थियो । नवौं ओभरको पाँचौं बलमा शादब खानले श्रीलंकाका प्रमुख हतियार कप्तान दासुन शनकालाई २ रनमा बोल्ड गरेपछि श्रीलंकाको बलियो योगफलको सम्भावना टाढिएको थियो ।
तर भानुका राजपक्षेले राम्रो पूनरागमन गराए । पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शादब खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । नसिम शाह र इफ्तिखार अहमदले एक एक विकेट लिए । सुपर फोरमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]