default_image

3 years ago

September 12, 2022

वानिन्दु सर्वोत्कृष्ट खेलाडी

342 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका लेग स्पिनर वानिन्दु हसरंगा टि२० एसिया कप २०२२ को प्लेयर अफ द टुनामेनट (सर्वोत्कृष्ट खेलाडी) चुनिएका छन् । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै छैटौं पटक श्रीलंकालाई च्याम्पियन बनाउन हसरंगाले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।

वानिन्दुले प्रतियोगितामा ६ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । शीर्ष स्थानमा भने भारतका भुवनेश्वर कुमार ५ खेलमा ११ विकेटका साथ थिए । त्यस्तै वानिन्दुले ६६ रन बनाएका थिए ।

फाइनलमा वानिन्दु हिरो बने । एक समय ५८–५ को अवस्थामा पुगेको श्रीलंकालाई १ सय ७० मा पुर्याउन भानुका राजपक्षेसँग छैटौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । हसरंगाले २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे । राजपक्षेले दुई जीवनदानको फाइदा उठाउँदै ४५ बलमा ६ चौका र ३ छक्कासहित ७१ रनको इनिङ खेलेका थिए ।

बलिङतर्फ पाकिस्तानलाई १ सय ४७ रनमा अल आउट गर्न श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए ।

पाकिस्तानलाई अन्तिम ४ ओभरमा ६१ रन चाहिँदा हातमा ६ विकेट थियो । १७ औं ओभरमा हसरंगाले प्रमुख तीन विकेट लिँदै मात्र दुई रन खर्चिएर श्रीलंकाको उपाधि पक्का जस्तै बनाएका थिए ।

पहिलो बलमा ५५ रन बनाएका रिजवानलाई क्याच गराए । तेस्रो बलमा प्रमुख फिनिसर आसिफ अलीलाई बोल्ड र पाँचौं बलमा अर्का हिटर खुशदील शाहलाई क्याच गराउँदै उपाधि जिताए ।

हसरंगाले सुपर फोरमा पाकिस्तानविरुद्ध तीन विकेट लिनुको साथै १० रन बनाएका थिए । श्रीलंका र अफगानिस्तानविरुद्ध भने विकेटविहीन थिए । अफगानिस्तानविरुद्ध महत्वपूर्ण अविजित १६ रन जोडेका थिए । समूह चरणमा बंगलादेशविरुद्ध दुई र अफगानिस्तानविरुद्ध एक विकेट लिएका थिए ।

विश्वकै वर्तमान समयका उत्कृष्ट स्पिनर वानिन्दु श्रीलंकाका प्रमुख हतियार समेत हुन् । श्रीलंकाले सन् २०१४ पछि एसिया कप उपाधि जितेको हो ।

श्रीलंकालाई एसिया कपको उपाधि

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.