default_image

2 years ago

October 9, 2022

बटलर र हेल्सको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई विशाल लक्ष्य

119 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलर र एलेक्स हेल्सको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो ।

इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले ५१ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ८४ रन बनाए । कप्तान जस बटलरले ३२ बलमा ८ चौका र ४ छक्कासहित ६८ रनमा आउट भए । पहिलो विकेटका लागि हेल्स र बटलरले ११.२ ओभरमा १ सय ३२ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तर त्यस पछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर नाथन एलिसको बलमा बटलर केन रिचर्ड्सनबाट क्याच भएका थिए । रिचर्ड्सनले टिम डेविडबाट क्याच गराएपछि हेल्स टि२० आई करिअरको दोस्रो शतक हान्न १६ रनले चुकेका थिए ।

बेन स्टोक्स ९, ह्यारी ब्रुक १२, मोईन अली १० र साम करन २ रनमा आउट भए । क्रिस वोक्स ५ बलमा १ चौका र १ छक्कासहित १३ र डेविड मलान २ रनमा अविजित रहे ।

सुरुवाती १० ओभरमा १ सय १८ रन बनाएको इंग्ल्यान्डले अन्तिम १० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्रै जोड्यो । अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । केन रिचर्ड्सन, ड्यानिल साम्स र मार्कस स्टोइनिसले एक एक विकेट लिए ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.