default_image

2 years ago

October 9, 2022

हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

91 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७९ रन बनाए ।

रिजा हेन्ड्रिक्सले ७६ बलमा ९ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर क्विन्टन डि कक ५ र जान्नेमान मलान २५ रनमा आउट भए । मलानले ३१ बलमा ४ चौका हाने । हेनरिक क्लासेन २६ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए । डेविड मिलर ३४ बलमा ४ चौकासहित ३५ रनमा अविजित रहे । वेन पार्नेल १६ र केशव महाराज ५ रनमा आउट भए ।

भारतका मोहम्मद शिराजले १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । वासिन्टन सुन्दर,शहवाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले एक एक विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.