default_image

2 years ago

October 9, 2022

ऐर र किशनको सानदार ब्याटिङमा भारत विजयी

159 views

0 Bookmark

एजेन्सी – श्रेयस ऐरको शतक र ईशान किशनको सानदार ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा श्रेयस ऐरले १ सय ११ बलमा १५ छक्कासहित १ सय १३ रनको अविजित इनिङ खेले । उनको ओडिआई करिअरको दोस्रो शतक र उच्च प्रदर्शन हो ।

ईशान किशन ८४ बलमा ४ चौका र ७ छक्कासहित ९३ रनको आक्रामक इनिङ खेले । रिजा हेन्ड्रिन्सबाट क्याच आउट भएपछि उनी करिअरको पहिलो शतक बनाउन ७ रनले चुकेका थिए ।

तेस्रो विकेटका लागि ऐर र ईशान किशनले १ सय ५५ बलमा १ सय ६१ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए ।


ओपनर शिखर धवन १३ र सुभमन गिल भने २८ रनमा आउट भएका थिए । गिलले २६ बलमा ५ चौका हाने । सन्जु स्यामसन ३६ बलमा १ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, वेन पार्नेल र ब्योर्न फोर्टुइनले एक एक विकेट लिए ।

त्यसअघि राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७९ रन बनाए ।

रिजा हेन्ड्रिक्सले ७६ बलमा ९ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर क्विन्टन डि कक ५ र जान्नेमान मलान २५ रनमा आउट भए । मलानले ३१ बलमा ४ चौका हाने । हेनरिक क्लासेन २६ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए । डेविड मिलर ३४ बलमा ४ चौकासहित ३५ रनमा अविजित रहे । वेन पार्नेल १६ र केशव महाराज ५ रनमा आउट भए ।

भारतका मोहम्मद शिराजले १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । वासिन्टन सुन्दर,शहवाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले एक एक विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.