default_image

2 years ago

October 9, 2022

रुविनाको कप्तानीमा डेब्यू गर्ने पुलिसको बलियो टोली घोषणा

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

पहिलो पटक टिम निर्माण गर्दै घरेलु क्रिकेटमा डेब्यू गर्न लागेको पुलिसले रुविना देखि कविता कुँवर सम्मका स्टार खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा प्रदेश १ र सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने खेलाडी छन् ।

पुलिसको टोलीमा रुविना, काजल श्रेष्ठ, हिरन्मई राय, संगिता राई, अप्सरी बेगम र सबनम राई नेपाली टोलीका सदस्य हुन् । यी सबै खेलाडी प्रदेश-१ बाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । तीव्र गतिकी बलर कविता कुँवर र अलराउन्डर कविता जोशी सुदूरपश्चिबाट रहेका छन् । यी दुबै नेपाली महिला क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् ।

पुलिसको टोलीमा सम्रगमा ८ नेपाली महिला क्रिकेट टोलीका सदस्य छन् । प्रदेश १ बाट ६ र सुदूरपश्चिमबाट ८ खेलाडी छन् । पुलिसले नवौंको पुरुषतर्फ क्रिकेटको स्वर्ण जितेको छ । अघिल्लो महिना फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै पुलिसले स्वर्ण जितेको हो ।

महिलामा भने पहिलो पटक सहभागिता जनाउँदै छ । उता नेपाल एपिएफ क्लबले भने घरेलु क्रिकेटमा एकछत्र राज गर्दै आएको छ । युवा ओपनर रेवती धामी, तीव्र गतिकी बलर ईश्वरी विष्ट, शोभा रोकाया र स्पिनर लक्ष्मी साउदले घरेलु क्रिकेट सुदूरबाट खेल्दै उच्च प्रदर्शन गर्दै आएका छन् । त्यस्तै जन्मथलो सुदूरभएपनि गण्डकीबाट घरेलु क्रिकेट खेल्ने मनिषा स्पिनर हुन् ।


पुलिसले पहिलो खेल सोमबार कर्णाली प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ । समूह ए मा एपिएफ, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

सबै खेल पोखरा रंगशालामा हुनेछन् । सेमिफाइनल असोज ३१ र फाइनल कार्तिक एक मा हुनेछ । पहिलो दिन बागमती प्रदेशले सुदूरपश्चिमलाई ८ विकेट तथा मधेशले गण्डकीलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेका छन् ।

पुलिसको टोली :

रुबिना क्षेत्री बेलबासे (कप्तान), ईश्वरी बिष्ट, काजल श्रेष्ठ (विकेटकिपर), हिरन्मई राय, शोभा रोकाया, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, संगीता राई, अप्सरी बेगम, सम्झना खड्का, मनिषा उपाध्याय, रेवती धामी र सबनम राई ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.