default_image

2 years ago

October 10, 2022

सन्दीपमाथि अनुसन्धान गर्न ७ दिनको म्याद

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नाबालिग किशोरी बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने माथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।

सन्दीपको पक्षमा रहेका कानुन व्यवसायिक अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अनुसन्धानका लागि अदालतले असोज २० गतेबाट लागू हुने गरि ७ दिनको म्याद दिएको छ । असोज २० गते स्वदेश फर्केका सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । उनलाई प्रहरी बृत गौशालामा राखिएको छ । दशै विदापछि सोमबार मात्र अदालत खुलेकोले म्याद दिनका लागि प्रहरीले सन्दीपलाई अदालत लगेको थियो ।

राष्ट्रिय टोलीका नेतृत्व गर्दै भदौ ६ गते केन्या पुगेका सन्दीप विदेशकै रहेका बखत भदौ २१ गते नाबालिग किशोरीले उनीविरुद्ध किटानी जाहरी दिएको प्रहरीले जनाएको थियो । सन्दीपले केन्या जानु अघिल्लो दिन भदौ ५ गते नगरकोट घुमाएर काठमाडौंको एक होटलमा राती आफूलाई पटक पटक बलात्कार गरेको नाबालिकाले प्रहरीलाई बयान दिइकी थिइन् ।

केन्यासँगको पाँच खेलको टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलिसकेपछि सन्दीप क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज पुगेका थिए । सन्दीपले सामाजिक सञ्जालमार्फत पटक पटक आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रहरी बृत गौशाला पुगेर भेट्दा पनि उनले आफू निर्दोष रहेको बताएको चन्दले सञ्चारमाध्यमलाई बताएका थिए ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.