3 years ago
October 24, 2022
एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जितनजिक पुगेको अवस्थामा वर्षा बाधक बन्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् ।

खेल सुरु नहुँदै वर्षाका कारण ९ अोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाका लागि पहिलो ओभरमै क्विन्टन डीककले २३ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । तर दोस्रो ओभरको पहिलो बलमा नै वर्षा भएपछि खेल केहि समय रोकियो । त्यसपछि दक्षिण अफ्रिकाले जितका लागि ७ ओभरमा ६४ रन जोड्नुपर्ने समिकरण रहेको थियो ।
डीककले दोस्रो ओभरमा पनि ४ चौका प्रहार गर्दै १७ रन जोडे । तेस्रो ओभरमा दक्षिण अफ्रिकाले ११ रन जोड्यो । तर चौथो ओभर सुरु हुनुअघि पुन: वर्षा सुरु भएपछि अम्पायरले खेल रोकेका थिए । ३ ओभरमा विना विकेट ५१ रन जोडेको दक्षिण अफ्रिकाले जित हासिल गर्न कम्तिमा ५ ओभरको खेल हुनुपर्ने थियो । तर चौथो ओभर सुरु हुनुअघि नै भारी वर्षा हुँदा अम्पायरले खेल रोके । डी कक १८ बलमा ८ चौका र १ छक्कासहित ४७ रनमा नटआउट रहे । कप्तान टेम्बा बभुमाले २ बलमा २ रन जोडे ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । एक समय १९-४ को स्थितिमा पुगेको जिम्बावेलाई वेस्ली मधाभेरको आक्रामक इनिङले उकासेको थियो । मधाभेरले १८ बलमा नटआउट ३५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पहिलो अोभरमा मात्र ४ रन जोडेको जिम्बावेले दोस्रो अोभरमा दुई रन जोड्दै क्रेग अर्भाइनलाई गुमायो । वायन पार्नेलले अन्तिम बलमा उनलाई क्याच आउट गराए । तेस्रो अोभरमा लुंगी एनगिडीले दुई विकेट लिएपछि जिम्बावे थप समस्यामा पर्यो । उनले दोस्रो बलमा रेगिस चकाबा र चौथो बलमा सिकन्दर राजालाई कट बिहाइन्ड गराए ।
चौथो ओभरमा सन् विलियम्स रनआउट भएपछि जिम्बावेले कमजोर योगफल खडा गर्ने डर बढेको थियो । तर पाँचौ विकेटका लागि वेस्ली मधाभेर र मिल्टन शुम्बाले ६० रनको साझेदारी गर्दै मध्यम योगफलसम्म पुर्याए । अन्तिम बलमा कट बिहाइन्ड हुनुअघि शुम्बाले २० बलमा २ चौकासहित १५ रन जोडे ।
दुवै टोलीले पहिलो खेलबाट १-१ अंक बाँडेका छन् । यस समूहमा भारत र बंगलादेशको २-२ अंक छ । नेदरल्यान्ड्स र पाकिस्तान अंकविहिन छन् । शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि : विश्वकपमा बंगलादेशको विजयी सुरुवात
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]