default_image

2 years ago

November 10, 2022

टि२० विश्वकपको फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्ने

151 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेड ओभलमा भएको थियो । फाइनलमा आइतबार मेलबर्न क्रिकेट मैदानमा उपाधिको लागि पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्ड र पाकिस्तान दुबै दोस्रो उपाधि जित्ने सोचमा हुनेछन् । सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करण २००७ को पाकिस्तान भारतसँग फाइनलमा पाँच रनले पराजित भएको थियो । पाकिस्तान १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

विश्वकप जितेपछि २००९ मा पाकिस्तानी क्रिकेट टोली

यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१६ को टि२० विश्वकपमा इंग्ल्यान्ड वेस्टइन्डिजसँग चार विकेटले पराजित भएको थियो । अन्तिम ६ बलमा १९ रन चाहिँदा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै अविश्वसनिय उपाधि जिताएका थिए ।

यस विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तान दुबै उप–विजेता टोली हुन् । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । इंग्ल्यान्ड वर्षाको कारण आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले स्तब्ध भएको थियो । अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो ।

विश्वकप जितेपछि २०१० मा इंग्ल्यान्डको क्रिकेट टोली

अष्ट्रेलियासँग वर्षाको कारण अंक बाँडेको थियो । यता पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराएको थियो । अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
यो पनि :भारतमाथि सानदार जितसँगै इंग्ल्यान्ड फाइनलमा

भारतको टि२० विश्वकप इतिहासकै लज्जास्पद हार

‘सेमिफाइनलमा भारतविरुद्ध विशेष इनिङ खेलें’ – हेल्स

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.