default_image

1 year ago

November 30, 2022

नरेनको घातक बलिङमा सुदूरलाई सामान्य लक्ष्य

काठमाडौैं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर नरेन साउदको घातक बलिङमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ […]

74 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर नरेन साउदको घातक बलिङमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए ।

तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासय बनाए । हेमन्तले ओपनर शैलेन्द्र शाह शून्य र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए । हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए ।

त्यसपछि मधेशको ब्याटिङ टियु एण्डबाट आएका नरेन साउद र चोभार एन्डबाट आएका युवराज खत्रीले धरासयी बनाए । चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए ।

त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् । कप्तान अभिषेक तिवारी शून्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए ।

सुदूरका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.