default_image

1 year ago

November 30, 2022

लाबुसेनको सानदार शतकमा अष्ट्रेलियाको मजबुत ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको सानदार शतकमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध मजबुत ब्याटिङ गरेको छ । पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिन ९० ओभरमा २ विकेट गुमाउँदै २ सय ९३ रन बनाएको छ । अष्ट्रेलियाका मार्नस लाबुसेन २ सय ७० बलमा १६ चौका र १ छक्कासहित […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको सानदार शतकमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध मजबुत ब्याटिङ गरेको छ । पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिन ९० ओभरमा २ विकेट गुमाउँदै २ सय ९३ रन बनाएको छ ।

अष्ट्रेलियाका मार्नस लाबुसेन २ सय ७० बलमा १६ चौका र १ छक्कासहित १ सय ५४ रनमा अविजित छन् । लाबुसेनको यो टेस्ट करिअरको आठौं शतक हो । पर्थमा उनको दोस्रो शतक पर्दछ । लाबुसेनले १ सय ९२ बलमा १३ चौका र १ छक्कासहित शतक पूरा गरेका थिए । १ सय ५० रन भने लाबुसेनले २ सय ६३ बलमा पूरा गरेका थिए ।

स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ५९ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले १ सय ४२ रनको अविजित साझेदारी गरेका छन् । तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर डेविड वार्नरलाई ५ रनमा बोल्ड गरे । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गदै बलियो योगफलको आधार तय पारेका थिए ।

उस्मान खवाजा १ सय ४९ बलमा ५ चौका र १ छक्कासहित ६५ रनमा क्याच आउट भए । काइल मेयर्सको बलमा खवाजा आउटसाइड लागेर विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच हुन पुगेका थिए । वेस्टइन्डिज र अष्ट्रेलियाबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट डिसेम्बर ८ देखिसुरु हुनेछ ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.