default_image

1 year ago

November 30, 2022

इब्राहिमको कीर्तिमानी शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी– ओपनर इब्राहिम जद्रानको कीर्तिमानी ब्याटिङमा अफगानिस्तानले तेस्रो ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय ३८ बलमा १५ चौका र ४ छक्कासहित सर्वाधिक […]

101 views

0 Bookmark

एजेन्सी– ओपनर इब्राहिम जद्रानको कीर्तिमानी ब्याटिङमा अफगानिस्तानले तेस्रो ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

पल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय ३८ बलमा १५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ६२ रनको शतकीय इनिङ खेले ।

इब्राहिम जद्रान ओडिआईमा अफगानिस्तानबाट एक खेलमा १ सय ५० माथिको इनिङ खेल्ने पहिलो ब्याटर बनेका छन् । इब्राहिम अघि अफगानिस्तानका मोहम्मद शहजादको २०१५ मा जिम्बावेविरुद्ध बनाएको १ सय ३१ रननै सर्वाधिक थियो ।

जद्रानको जारी सिरिजमा दोस्रो शतक हो । करिअरको तेस्रो शतक हो । उनी अन्तिम बलमा असिथा फ्रेनान्डोको बलमा पाथुम निसांकाबाट क्याच आउट भएका थिए । एक समय अफगानिस्तान १४.१ ओभरमा ५७–३ को कमजोर अवस्थामा रहेपनि चौथो विकेटका लागि इब्राहिम र नाजिबुल्लाह ज्रदानले १ सय ५४ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

नाजिबुल्लाह ७८ बलमा ८ चौका र १ छक्कासहित ७७ रनमा आउट भए । स्पिनर वानिन्दु हसरंगाको बलमा दासुन शनकाबाट क्याच आउट भए । रहमात शाह २२, मोहम्मद नाबी १२ र राशिद खानले १३ रन बनाए ।

अफगानिस्तानका कासुन रजिताले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भाले एक विकेट लिए ।

तीन ओडिआई खेलको सिरिजमा अफगानिस्तान १-० ले अघि छ । पहिलो खेलमा अफगानिस्तान ६० रनले विजयी हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.