default_image

1 year ago

December 22, 2022

हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक उत्कृष्ट अलराउन्डर हफिज २०२१ को टि२० विश्वकपपछि पाकिस्तानको टोलीमा छैनन् । हफिजले टि२० आईमा १४ अर्धशतकसहित २५ सय १४ रन बनाउनुको साथै ६१ विकेट लिएका छन् ।

हफिज मध्यक्रममा राम्रो ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । हफिजले ओडिआईमा ११ शतक र ३८ अर्धशतकसहित ६ हजार ६ सय १४ रन बनाएका छन् । बलिङतर्फ ओडिआईमा १ सय ३९ विकेट लिएका छन् ।

उपुल थरंगाले गत वर्ष एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए । थरंगाले इपिएलमा ६ खेलमा १ सय ८५ रन बनाएका थिए । बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् ।

ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ । टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ३ सय ८४ रन बनाएका छन् ।

पोखराबाट त्यस्तै अफगानिस्तानका जाहिर खान, भारतबाट चार टेस्ट र पाँच ओडिआई खेल खेली सकेका तीव्र गतिका बलर अभिमन्यु मिथुन र पाकिस्तानी विकेटकिपर आमिर हम्जाले पोखराबाट खेल्ने भएका छन् । नेपाल टि२० लिग शुक्रबार देखि डबल राउन्ड रोविनको आधारमा हुने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् : नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

पोखराको टोली : आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, कुशल मल्ल, कृष्ण कार्की, सिद्धान्त लोहनी, प्रतिश जि.सी, सुमित महर्जन, विशाल विक्रम केसी, विपिन खत्री, तुलबहादुर थापा, मोहम्मद हफिज, उपुल थरंगा, जाहिर खान, अभिमन्यु मिथुन र अमिर हम्जा ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.